Comments Add Comment

दसैंमा २० लाखलाई घर पुर्‍याउन काहाँबाट ल्याउने ३० लाख लिटर तेल ?

Bus

२२ असोज, काठमाडौं । दसैं सुरु हुन अब एकहप्ता पनि बाँकी छैन । तर, भारतको अघोषित नाकाबन्दीका कारण इन्धनको चरम संकट छ र गाडीहरु चल्न छाडेका छन् ।

काठमाडौंमा अहिले दैनिक सबै किसिमका गरेर ३ हजार सवारी उपत्यकामा आवत-जावत गरिरहेका छन् । जुन, आवश्यक्ता भन्दा निकै कम हो । काठमाडौंमा भित्रिने भन्दा बाहिररिने गाडी कम भएपछि यात्रुलाई राजधानी छोड्न मुस्किल पारिरहेको छ ।

दैनिक ४ हजार गाडी चल्नुपर्ने

यस्तो अवस्थामा दशैंमा १५ देखि २० लाख यात्रुलाई लाख यात्रुलाई काठमाडौं बाहिर पठाउन कति गाडी चाहिएला ?

यातायात ब्यवसायी भन्छन्-‘अग्रिम टिकट बुकिङ पनि नुखेलेको अवस्थामा सहज रुपमा सबै यात्रुलाई घर पुर्‍याउने हो भने घटस्थापनापछि काठमाडौंबाट दैनिक ४ हजार यात्रुबाहक गाडी चल्नुपर्छ ।’

तेल चरम अभावको बेला यो निगमले यति तेल दिन सम्भव छ वा छैन भन्ने प्रश्न अहिले उठेको छ । तर, निगमसँग त्यति धेरै तेल मौज्दात नभएकाले घर जाने यात्रुले कति कष्ट बेहोर्नुपर्ला भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

निगमले अहिले काठमाडौंमा दैनिक औषत १ लाख ७५ हजार लिटर डिजेल बाँडिरहेको छ । ब्यवसायीले प्रत्येक दशैंमा ५ सय नयाँ गाडीले सेवा थाल्ने गरेकोमा यसवर्ष नयाँ बस नआएकाले झनै समस्या पर्ने पनि बताएका छन् ।

३० लाख लिटर तेल सम्भव छ ?

नेपाल यातायत ब्यवसायी राष्ट्रिय महासंघका अनुसार दैनिक ४ हजार गाडीले काठमाडौंमा लाइन नबसी तेल पाए भने भटाभट यात्रु ओसार्दा मात्रै सबैको घर जाने चाहना पुरा गर्न सम्भव छ ।

महासंघका महासचिव सरोज सिटौलाले दशैंमा यात्रु ओसार्न झण्डै ३० लाख लिटर तेल आवश्यक पर्ने बताए । उनले निगमले लामो दुरीमा चल्ने सवारीलाई लक्षित गरेर राजमार्गका विभिन्न क्षेत्रम सहज रुपमा तेल उपलब्ध नभए सबैको काठमाडौं छोड्ने चाहाना पुरा गर्न नसकिने स्पष्ट पारे । यस विषयमा महासंघले सरकारलाई लिखित रुपमा जानकारी गराएको छ ।

अप्ठेरो फुकाउने ब्यवसायीको शुत्र

यसैबीच यातायात ब्यवसायीले घटस्थाना पछि सवारीमा हुने चाप घटाउन सरकारलाई काठमाडौंका विद्यालय, कलेज र सरकारी कार्यालय तत्काल विदा दिन सुझाव दिएका छन् ।

गृहमन्त्रालयमा भएको छलफलमा यातायात ब्यवसायीले घटस्थापनापछि सरकारी विदा दिएलगत्तै यात्रुको चाप थेग्न नसक्ने भन्दै विद्यार्थी, अभिभावक र कर्मचारीलाई घर जाने वातावरण बनाउन सुझाव दिएका हुन् ।

‘बैठकमा अहिलेकै स्थितिमा दशैंको सबै यात्रुलाई गन्तब्यमा पुर्‍याउन नसकिने भनेर हामीले स्पष्ट भनेका छौं’ महासचिव सिटौलालेे भने-‘कतिपय शिक्षण संस्था चल्न छोडिसकेको अवस्थामा सबैलाई बन्द गरेर सबैलाई घर जाने गरी वातावरण बनाउनुपर्छ ।’

ठाउँ-ठाउँमा तेल दिन माग

बैठकमा महासंघका प्रतिनिधिले लामो दुरीका सवारीलाई तेल वितरणमा सहज व्यवस्था गर्न पनि माग गरेका छन् ।
तेल अभावमा धेरै सवारी थन्किएकाले सहज रुपमा तेल दिएर दशैंका यात्रु ओसार्ने वातावरण बनाउन उनीहरुले सुझाव दिएका छन् । बैठकमा नेपाल आयल निगमले दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुलाई लक्षित गरी तेल वितरण सहज गर्न प्रयास गर्ने आश्वासन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment