Comments Add Comment

नेपाली स्मार्टफोन बजारमा सिजी ब्रान्डको प्रवेश

IMG_2621 copy

काठमाडौं । मुलुकको चर्चित औद्योगिक घराना चौधरी समूहले आफ्नै ब्रान्डमा मोबाइल फोन बिक्री सुरु गरेको छ । समूहले बिहीबार साँझ राजधानीमा भव्य समारोहबीच ‘सिजी मोबाइल’ सार्वजनिक गर्‍यो ।

डेढ दशकदेखि विदेशी ब्रान्डका मोबाइल बिक्री गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले आफ्नै ब्रान्डको मोबाइल बजारमा ल्याएको हो । सिजी मोबाइल इओएन र अष्ट्रो गरी दुई सिरिजमा उपलब्ध छ ।

इओएन सिरिजमा स्मार्टफोन र अष्ट्रो सिरिजमा फिचरफोन उपलब्ध गराएको कम्पनीले जनाएको छ । कम्पनीले स्मार्ट र फिचर फोनको हाइबि्रड पीडीए मोडल पनि उपलब्ध गराएको छ ।

सिजी मोबाइलको मूल्य न्यूनतम १२ सय रुपैयाँदेखि अधिकतम २३ हजार ५ सय रुपैयाँसम्म तोकिएको छ ।

कम्पनीले स्मार्टफोनका दुईवटा मोडल र फिचरफोनका पाँचवटा मोडल बिक्री सुरु गरेको छ । निकट भविष्यमै पाँच मोडलका स्मार्टफोन र दुई मोडलका फिचरफोन बजारमा ल्याउने सिजी मोबाइलका मार्केटिङ प्रमुख रमेश श्रेष्ठले जानकारी दिए ।

CG Smart Phone Eon Elite 4

चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्ता सुहाउँदो मोबाइल फोन बजारमा ल्याएको बताए । उनले आगामी एक वर्षभित्र नेपाली मोबाइल बजारमा नम्बर ३ ब्रान्ड बन्ने विश्वास व्यक्त गरे ।

कम्पनीले एक वर्षमा फिचर र स्मार्टफोन गरी करिव ४ लाख फोन बिक्री गर्ने लक्ष्य राखेको मार्केटिङ प्रमुख श्रेष्ठले दाबी गरे । सिजी ब्रान्डप्रति उपभोक्ताको विश्वास र बलियो टिमका कारण एक वर्षमा नम्बर ३ ब्रान्ड बन्न असम्भव नरहेको उनको भनाई थियो ।

समूहले सन् २०१० मा सिजी ब्रान्डमा सिडिएम मोबाइल बजारमा ल्याएको थियो । नेपालमा सिडिएमए मोबाइल प्रयोगकर्ता घट्दै गएपछि कम्पनीले उत्पादन बन्द गरेको थियो । पाँच वर्षपछि अत्याधुनिक प्रविधियुक्त स्मार्टफोन लिएर बजारमा आएको प्रबन्ध निर्देशक चौधरीले बताए ।

IMG_2601 copy

यस्ता छन् सिजी स्मार्टफोन

सिजी इओएन इलाइट

सिजी इओएन इलाइट सिजीको अत्याधुनिक स्मार्टफोन हो । यसको मूल्य २३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यसमा पाँच इञ्चको एमोलेड डिस्प्ले रहेको छ । जसको ७२०×१२८० पिक्सेल रिजोल्युसन रहेको छ । यसले गुणस्तरीय तस्विर र भिडियोको अनुभव दिलाउने छ । पातलो डिजाइनमा रहेको यो स्मार्टफोन आकर्षक देखिन्छ ।

स्टाइल र युवापन प्रोत्साहित गर्नसक्ने इलाइटको लाइफ सपोर्ट फिचर्स आधुनिक मौलिकताको एउटा विशेषता हो । स्मार्टफोनमा गोरिल्ला ग्लासको प्रयोग गरिएको हुँदा टुटफुट र स्क्रयाच हुनबाट जोगिने छ ।

एन्ड्रोइड लोलिपप ५.० अपरेटिङ सिष्टम, १.३ गीगाहर्ज क्वाडकोर प्रसेसर, २ जीबी र्‍याम, १६ जीबी आन्तरिक मेमोरी, २१ सय एमएएच ली पोली ब्याट्री लगायतका सुविधाहरु रहेका छन् ।

CG Smart Phone Eon Elite 3

स्मार्टफोनमा पछाडि १३ मेगापिक्सले र अगाडि ५ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । अगाडिको क्यामेरामा समेत अटोफोकस फ्लास रहेको हुँदा अँध्यारोमा समेत उत्कृष्ट सेल्फी खिच्न सकिने छ । पछाडिको क्यामेरामा दुईवटा फ्लास राखिएको छ ।

८२.८ डिग्रीको पछाडिको क्यामेरा र ८७.७ डिग्रीको अगाडिको क्यामेराले वाइड एंगलमा फोटो खिच्न सकिने छ । अगाडिको क्यामेरामा फेस ब्युटी, अटो स्माइल डिटेक्सन लगायतका सुविधा रहेको छन् ।

इओएन लाइट

इओएन इलाइटमा ५ इञ्चको क्युएचडी डिस्प्ले रहेको छ । यसमा ५१२ एमबी र्‍याम रहेको छ भने ८ जीबी आन्तरिक मेमोरी रहेको छ । यसको पछाडि ८ मेगापिक्सेल र अगाडि ३ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ ।

_MG_0940 copy

स्मार्टफोनमा एन्ड्रोइड ४.४ किटक्याट अपरेटि सिष्टम रहेको छ । यसमा २००० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ ।

इओएन ब्लेज

यसमा ५ इञ्चको एचडी आइपीएस लेमिनेटेड डिस्प्ले रहेको छ । जसले स्मार्टफोनलाई पातलो र न्यून परावर्तनयुक्त बनाएको छ ।

यसमा १.३ गीगाहर्ज क्वाड कोर प्रोसेसर, पछाडि १३ मेगापिक्सेल क्यामेरा, अगाडि ५ मेगापिक्सेल क्यामेरा, एन्ड्रोइड ५.१ लोलिपप अपरेटिङ सिष्टम, २२ एमएएच लिओन ब्याट्री, २ जीबी र्‍याम, १६ जीबी आन्तरिक मेमोरी लगायतका सुविधाहरु रहेका छन् ।

इओएन लाइट प्लस

यसमा पनि ५ इञ्चको आइपीएस एचडी डिस्प्ले रहेको छ । ८ जीबी आन्तरिक मेमोरी, १ जीबी र्‍याम, १.२ गीगाहर्ज क्वाड कोर प्रोसेसर, ५.१ ल्लिपप अपरेटिङ सिष्टम, २००० एमएएच लिओन ब्याट्री, ८ मेगापिक्सेल पछाडिको क्यामेरा, ३ मेगापिक्सेल अगाडिको क्यामेरा लगायतका सुविधाहरु रहेका छन् ।

IMG_2530 copy

इओएन एक्स्प्रेस
यो ५ इञ्च वाइड डब्लुभीजीए डिस्प्ले भएको स्मार्टफोन हो । यसमा ८ जीबी आन्तरिक मेमोरी, १ जीबी र्‍याम, पछाडि ५ मेगापिक्सेल र अगाडि २ मेगापिक्सेल क्यामेरा, १.२ गीगाहर्ज क्वाड कोर प्रोसेसर, एन्ड्रोइड ५.१ लोलिपप अपरेटिङ सिष्टम, २००० एमएएच लिओन पोली ब्याट्री लगायत रहेका छन् ।

इओएन एक्स फोर

यसमा ४ इञ्चको डब्लुभिजिए डिस्प्ले रहेको छ । यो एन्ड्रोइड ५.१ लोलिपप अपरेटिङ सिष्टममा चल्छ ।
१.२ गीगाहर्ज क्वाड कोर प्रोसेसर, १३०० एमएएच लिओन ब्याट्री ४ जीबी स्टोरेज, ५१२ एमबी र्‍याम, पछाडि ५ मेगापिक्सेल क्यामेरा, अगाडि २ मेगापिक्सेल क्यामेरा, एन्ड्रोइड ४.४ किटक्याट अपरेटि्रङ सिष्टम यसमा छ ।

इओएन थ्रजी
यसमा ३.५ इञ्चको डिस्प्ले रहेको छ । १ गीगाहर्ज सिंगल कोर प्रोसेसर, एन्ड्रोइड ४.४ किटक्याट अपरेटि्र सिष्टम, २५६ एमबी र्‍याम, ५१२ एमबी स्टोरेज, १३०० एमएएच लिओन ब्याट्री यसका विशेषता हुन् ।

_MG_0922 copy

यसैगरी अष्ट्रो सिरिजका फिचर फोनमा जीपीआरएस, डिजिटल क्यामेरा, टर्च लाइट, ब्लुटुथ, वायरलेस एफएम रेडियो, एक्सटेन्डवल मेमोरी, शक्तीशाली ब्याट्री लगायतका सुविधाहरु रहेको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment