Comments Add Comment

रुकुम जाँदै गरेका तीनवटा रात्रीबस सल्यानमा लुटिए

निमुसंगम घर्ती
२२ असोज, दाङ । बाँकेको नेपालगञ्जबाट रुकुम जाँदै गरेका तीनबटा रात्रीबसमा लुटपाट भएको छ । ना ४ ख ५९७, ना ४ ख ६३८३ र ना ४ ख १३१७ नम्बरको रात्रीबसमा शुक्रबार बिहान साढे २ बजे लुटपाट भएको हो ।

Salyan-Map

सल्यानको स्वीकोट गाबिस २ बारुले भन्ने स्थानमा कम्ब्याड ड्रेस लगाएका ७-८ जनाको समूहले पेस्तोल र खुकुरी देखाएर लुटपाट गरेका हुन् । लुटेराहरुले १० लाख नगद, ५२ थान मोवाईल सेट र १ तोल सुन लुटेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

जंगल क्षेत्रमा भएको लुटपाटका क्रममा लुटेराको प्रतिकार गर्दा एकजना यात्रु गम्भीर घाइते भएका छन् । लुटेराको खुकुरी प्रहारबाट स्वीकोट गाविस ५ सल्यानका ३३ वर्षीय शुभलाल घर्ती घाइते भएका हुन् । उनको रुकुम चौरजहारीमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विनोद खड्काको टोली गएको छ । साथै राप्ती अञ्चल प्रहरी कार्यालय, देवस्थल प्रहरी चौकी, कालिमाटी र रागेचौर प्रहरी चौकीबाट पनि प्रहरी घटना स्थलमा पुगेर लुटेराको खोजी कार्य र अनुसन्धान सुरु गरेका छन् । लुटेरा समूहको पहिचान भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment