Comments Add Comment

नतिजा खोज्दै ‘नतिजा’ हलमा, हिन्दी भन्दा नेपालीकै व्यापार माथि

natiza-hot-photoचलचित्र ‘चंखे शंखे पंखे’ सहित ४ चलचित्र प्रदर्शनमा आएको २ सातापछि राजधानीका चलचित्र घरहरुमा नयाँ सिनेमा लाग्ने भएको छ । आजदेखि काठमाडौको १२ पर्दामा प्रमोद भण्डारी निर्देशित ‘नतिजा’ रिलिज भएको छ ।

हषिर्का श्रेष्ठ, सोहित मानन्धर, सिर्जना सुब्बा लगायतका कलाकारको मुख्य भुमिका रहेको यो चलचित्रमा बैदेशिक रोजगारीमा जाँदा भोग्नुपर्ने पीडा प्रस्तुत गरिएको छ । तीन वर्ष अघि नै निर्माण भएको ‘नतिजा’ लामो समयपछि प्रदर्शन हुन लागेको हो ।

ऐश्वर्या राय र इरफान खानको मुख्य भुमिका रहेको ‘जज्बा’ भने शुक्रवार नेपाली सिनेमा घरहरुमा रिलिज भएको छैन ।

हलिउड फिल्म ‘द मार्टियन’ पनि काठमाडौमा हलहरुमा लाग्ने भएको छ । साईन्स फिक्सन बिषयमा तयार भएको यो चलचित्रमा म्याट डामोन, जेसिका चेस्टेन, क्रिस्टन विल्गको भुमिका छ । यस चलचित्रको निर्देशन राईड्ली स्कटले गरेका छन् ।

प्रदर्शनको तीन सातासम्म पनि पनि ‘वडा नम्बर छ’को ब्यापार राम्रै छ भने अंग्रेजी चलचित्र ‘एभरेष्ट’ले पनि राम्रै ब्यापार गरेको छ । काठमाडौका केही हलमा अझै ‘वडा नम्बर छ’ ले स्थान पाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment