Comments Add Comment

‘मलाई स्कर्ट सुहाउँछ, सारीमा कामुक देखिन्छु’ : नम्रता

namrata yogi_Fashion
केही म्यूजिक भिडियो र विज्ञापनमा मोडलिङ गरेकी छिन्, मोडल नम्रता योगीले । पेशाले फेशन डिजाईनर नम्रताले केही चलचित्रमा अभिनय समेत गरकी छिन् ।  अनलाइनखबरको ‘सेलीब्रेटी फेशन’ स्तम्भ अन्र्तगत उनीसँग गरिएको कुराकानीः

तपाईं कत्तिको फेसनेबल हुनुहन्छ ?
ठिकै । बजारमा कस्तोे फेशन आउछ, त्यो अनुरुपको फेशन गर्नुपर्छ भन्ने मान्यता राख्छु । नयाँ डिजाईन देखेपछि किन्न मन लागिहाल्छ ।

मन पर्ने पहिरन के-के हुन् ?
महिलाहरुले लगाउने प्राय सबै फेशन मनपर्छ ।

मन नपर्ने पनि छ ?
छैन ।

लुगा किन्दा के-के कुरामा ध्यान दिनुहुन्छ ? कत्तिको ब्रान्ड कन्सस हुनुहुन्छ ?
कलर र ब्राण्ड दुबैमा ध्यान दिन्छु । ब्राण्ड बिनाका लुगा किन्दै नकिन्ने होईन । आफुलाई कस्तो लुगा सुहाउँछ त्यसैमा ध्यान दिन्छु । डिजाईन कस्तो छ ध्यान दिन्छु ।

बजारमा आएका नयाँ-नयाँ फेशनबारे कसरी जानकारी लिनुहुन्छ ?
कस्तो डिजाईन आयो भन्ने त प्राय सपिङ गर्न जाँदा नै थाहा हुन्छ । पत्रपत्रिका र मुभी हेरेर पनि जानकारी हुन्छ ।

विदेशी सेलिब्रिटीको फेशन कत्तिको नक्कल गर्नुहुन्छ ? क-कसको गर्नु भएको छ ?
अहिलेसम्म त्यसरी कसैको पनि नक्कल गरेको छैन ।

तपाईंलाई कस्तो रंगको लुगा सुहाउछ ?
मलाई प्राय चम्किलो रंग सुहाउछ । यही नै भन्ने छैन ।

सारी लगाउन कत्तिको मन पर्छ ?
मन पर्छ । आवश्यक पर्दा लगाउछु ।

कती मिनेट लाग्छ सारी लगाउन ?
म त पाँच मिनेटमै सारी लाईदिन्छु । सिपालु छु ।

छोटा लुगामा रुची ? मिनिस्कर्ट लगाउनु भएको छ ?
लगाएको छु । मलाई स्कट सुहाउछ भनेर धेरै साथीहरुले भनेका छन् । मलाई पनि अरुले स्कट लगाएको राम्रो लाग्छ ।

लुगा किन्दा कतिसम्म बार्गेनिङ गर्नुहुन्छ ?
मलाई त्यतिधेरै बार्गेनिङ गर्न आउदैन । केही मात्रै गर्छु ।

बजारमा लुगा छनोट गर्न कति समय लाग्छ ?
खासै लाग्दैन । मन परेको लुगा छ भने लिएर हिडिहाल्छु ।

लुगा किन्न एक्लै जानुहुन्छ कि अरुलाई पनि लैजानुहुन्छ ?
प्राय साथीहरुसँग जान्छु  ।

आफूलाई बाहेक अरु कसका लागि लुगा किनिदिनुहुन्छ ?
दिदी बहिनीहरुका लागि किनिदिन्छु ।

तपाईको नजरमा केटीहरुले लगाउने सबैभन्दा सेक्सी लुगा के हो ?
सबैभन्दा सेक्सी डे्रस सारी नै हो । सारीले महिलालाई कामुक देखाउन सघाउछ ।

लुगामा आइरन आफै गर्नुहुन्छ कि अरुले गर्छन् ?
मलाई आउछ तर, गर्दिन । अली अल्छी छु ।

नेपालीहरुको लाउने शैलिमा कस्तो परिवर्तन आएको पाउनु भएको छ ?
ब्यापक परिवर्तन आएको छ । हरेक मान्छे फेशनको वारेमा सचेत हुँदै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment