Comments Add Comment

यूएर्इको २५ वर्षे पुरानो संस्थाको क्रियाशीलता बढ्यो

रामप्रसाद ढुंगेल

दुबई । यूएईमा रहेका नेपालीहरुको पुरानो संस्था नेपाली समाज, यूएईले आफ्नो गतिविधि तीब्र पारेको छ । समाजले शुभकामना तथा अन्तरक्रिया तथा अन्य सामाजिक कार्यहरु गर्दैछ । पहिलो सामाजिक संस्था नेपाली समाज, यूएई पछिल्लो समयमा क्रियाशील हुँदै आएको छ ।

nepali samaj uae२५ वर्षे इतिहास बोकेको समाज अघिल्ला केही कार्यकालमा सुस्ताएकोमा आलोचनाको शिकार भएको थियो । नेपालीहरुको महान चाड दसैं तथा तिहारको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गर्दैछ ।

समाजसेवी तथा व्यवसायी चन्द्रप्रसाद सापकोटा नेतृत्वमा यूएईका विभिन्न सामाजिक संस्थाका सक्रिय र आशा लाग्दा पदाधिकारीहरु आएसँगै नेपाली समाजले रचनात्मक क्रियाकलापहरु गरी यूएईको नेपाली समुदायको विश्वास जित्न लागेको छ ।

समाजले अंग्रेजी महिना अक्टोबरमा प्रायः हरेक शुक्रबार नेपाली समुदायसँग सम्बन्धित रचनात्मक कार्यक्रमहरु राखेको समाजका महासचिव मणि भुर्तेलले बताए । विजयादशमी तथा दीपावलीको अवसर पारेर विभिन्न कार्यक्रमआयोजना गरेको उनले जानकारी दिए ।

सामाजिक कार्यमा समर्पित विशुद्ध सामाजिक संस्था नेपाली समाज, यूएईले यूएईमा रहेका नेपालीहरुलाई विजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना सहित निःशुल्क मेडिकल चेकअप, अन्तरक्रिर्या तथा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष सापकोटाले बताए । स्वास्थ्य सम्बन्धिकार्यक्रम पनि राखेको हुँदा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीलाई उपस्थित भएर मौकाको फाइदा लिनका लागि आग्रह समेत गरिएको छ ।

महासचिव भुर्तेलकाअनुसार समाजले विभिन्न सामाजिक संस्था, जिल्ला स्तरीय सस्था, कलाकार, पत्रकार तथा सर्वसाधारण नेपालीहरुसँग अक्टोबर ९ तारिखमा बृहत् छलफल कार्यक्रम गरी वाषिर्क कार्ययोजना पेस गर्नेछ । बरदुबईको अरब उडपी रेस्टुरेन्टमा आयोजना हुने कार्यक्रममा सरिक हुन समाजले सम्बन्धित सबैलाई आहृवान गरेको छ ।

त्यसको लगत्तै अर्को साताको शुक्रबार नेपालीहरुको स्वास्थ्यलाई ख्याल गर्दै निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरेको छ । बरदुबईको केन्द्रमै रहेको कराँची दरबार रेस्टुरेन्टको अगाडिको अल रसिदिया पोलिक्लिनिकमा आगामी १६ अक्टोवर बिहान १० बजेबाट साँझ ८ बजेसम्म आयोजना हुने निःशुल्क स्वास्थ परीक्षण कार्यक्रममा सरिक हुन नेपाली समाजले सर्वसाधारण सबै नेपालीहरुलाई आग्रह गरेको छ । उक्त दिन नाक, कान, घाँटी, ब्लड प्रेसर, सुगर, ग्यास्टिक लगायतका रोगहरुको निःशुल्क परीक्षण गरिने बताइएको छ ।

विशेष बिरामीहरुलाई आवश्यक परामर्श सेवाका साथमा स्वास्थ्य सम्बन्धी शिक्षा, परीक्षणपछि सधैंको लागि २५ प्रतिशत डिस्काउन्ट कार्ड प्रदान गरिने बताइएको छ । स्वास्थ्य परीक्षणमा सहभागीलाई जलपानको व्यावस्था हुने आयोजकहरुले जानकारी दिएका छन् ।

त्यसको एक साता बिराएपछि नेपाली समाजले विजया दशमी तथा दीपावलीको अवसरमा आगामी ३० अक्टोबरमा शुभकामना कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रमा यूएईका चर्चित कलाकारहरुबाट दोहोरी गीतका साथै रोचक नृत्यका साथमा साँस्कृतिक कार्यक्रम गरिने समाजका महासचिव भुर्तेलले जानकारी दिएका छन् ।

नेपाली खाना, खसीको मासु, अचार, सेलरोटी विविध खानाहरुका साथ मिठामिठा परिकारसहित मिष्ठान्न भोजन गराइने आयोजकले बताएका छन् । सोही दिन विविध खेलहरु आयोजना गरी विभिन्न विधाहरुमा पुरस्कार तथा सम्मान प्रदान गर्ने समाजको कार्यक्रम रहेकोले उक्त दिन जाबेल पार्क जाफ्लिया मेट्रो स्टेसनमा सहभागी हुन इच्छुक सबै नेपालीहरुलाई नेपाली समाजले आहृवान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment