Comments Add Comment

राप्रपा नेपालले सरकारमा जाने संकेत देखायो

kamal thapa-2
२२ असोज, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले सरकारमा जाने संकेत दिएको छ । शुक्रबार बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठकले सरकारमा जाने नजाने वा कुन समीकरणमा सहभागी हुने निर्णय गर्ने अधिकार कमल थापालाई दिएको छ ।

कांग्रेस एमाले र एमाओवादी तीन दलवीच सहमति हुनुपर्ने राप्रपा नेपालको पहिलो जोड छ । बैठकपछि जारी राप्रपा नेपालको प्रेस वक्तव्यमा भनिएको छ,’नयाँ सरकार गठन पनि तीनै पक्षहरु वीच हुनुपर्दछ भन्नेमा राप्रपा नेपाल दृढ छ, कथमकदाचित त्यसो हुन नसकेमा मुलुकको बृहत्तर हितका लागि राप्रपा नेपाल सधैं अग्रभागमा रहनेछ ।’

राप्रपा नेपालको निर्णयमा भनिएको छ- ‘सरकार गठनको सम्बन्धमा सरकारमा सहभागी हुने वा नहुने, कुन समीकरणमा सहभागी हुने भन्ने बिषयमा उपयुक्त समयमा उपयुक्त निर्णय लिन पार्टीका अध्यक्ष कमल थापालाई सर्वाधिकारसहित जिम्मेवारी प्रदान गरिएको छ ।’

सूत्रहरुका अनुसार नेपाली कांग्रेसले ओलीलाई साथ नदिए राप्रपा नेपालले ओलीलाई समर्थन गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी ओलीले बालकोटमा साना दलहरुसँगको छलफलमा कांग्रेस सरकारमा नआए राप्रपा नेपालले साथ दिने खुलासा गरेका छन् ।

नाकाबन्दी फिर्ता लेऊ, मधेसीका माग सम्बोधन गर

राप्रपा नेपालले दसैं, तिहार र छठजस्ता चाडपर्वको मुखमा भारतले गरिरहेको नाकाबन्दी फिर्ता लिन आग्रह गरेको छ ।
साथै मधेसी मोर्चासँग वार्ता गर्न र उनीहरुका मागलाई सम्बोधन गर्न समेत राप्रपा नेपालले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment