Comments Add Comment

सामसुङ ‘ग्यालेक्सी जेट टु’ नेपाली बजारमा

Samsung j 2

काठमाडौं । कोरियन स्मार्टफोन निर्माता सामसुङको ‘ग्यालेक्सी जेट टु’ नेपाली बजारमा बिक्री सुरु भएको छ । प्रिमियम फिचर्सयुक्त जेट टु ४.७ इञ्चको क्युएचडी सुपर एमोलेड डिस्प्ले भएको थ्रीजी स्मार्टफोन हो ।

नेपाली बजारमा जेट टुको मूल्य १३ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ । यसमा १.३ गीगाहर्ज काडकोर प्रोसेसर, १ जीबी र्‍याम, ८ जीबी आन्तरिक मेमोरी रहेको छ । आन्तरिक मेमोरी आवश्यकता अनुसार माइक्रो एसडी कार्डमार्फत १२८ जीबीसम्म विस्तार गर्न सकिन्छ ।

यसको पछाडि ५ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । जसमा अटोफोकस एलइडी लाइट रहेको छ । अगाडि २ मेगापिक्सेल क्यामेरा रहेको हुँदा उत्कृष्ट सेल्फी खिच्न सकिने कम्पनीले बताएको छ ।

स्मार्टफोनमा २००० एमएएच लिओन ब्याट्री प्रयोग गरिएको छ । जेट टु सेलो, कालो र सुनौलो कलरमा उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment