Comments Add Comment

तराई बन्द र नाकाबन्दीले बारा-पर्सामा ठूलो आर्थिक क्षति

madesh banda2
सुभाष प्रसाद साह
२२ असोज, कलैया । तराईको अनिश्चितकालिन बन्द र नाकाबन्दीका कारण बारा-पर्सा क्षेत्रमा ठूलो आर्थिक क्षति भएको छ । सरकारले अर्बौ रुपैयाँ राजस्व गुमाएको छ भने उदोग ब्यवसाय बन्द हुँदा निजी क्षेत्रले पनि ठूलो नोक्सानी बेहोर्नुपरेको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आहवानमा तराई मधेसमा बिगत ५४ दिनदेखि र १६ दिनदेखि भारतीय नाकाबन्दीका कारण देशको आर्थिक राजधानी मानिने बारा-पर्सा क्षेत्रमा ठूलो आर्थिक नोक्सानी भएको छ ।

लमो समयदेखि बाराको पाँच छोटी भन्सार कार्यालय सहित देशकै मुख्य नाकाको रुपमा रहेको बीरगंज भन्सार र सुख्खा बन्दरगाहको भन्सार कार्यालयहरु पुर्ण रुपमा ठप्प छन् । बाराको सिम्रौनगढ, मटिअर्वा, कचोर्वा, कवहिगोठ र पिपरपाती पचरौता छोटी भन्सार कार्यालय अठप्प छ । आन्दोनरत मधेसी मोर्चाले सबै भन्सार कार्यालयमा दिनहु धर्ना दिँदै आएको छ ।

मधेसी मोर्चाको नाकाबन्दीका कारण वीरगंज भन्सार कार्यालयले मात्रै सात अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमाएको छ । बारा र पर्साका उद्योगका लागि विदेशबाट आउने कच्चा पदार्थ नाकामै रोकिएको बारा उद्योग बाणिज्य महासंघका महासचिव राजकुमार साहले बताए ।

कलैया-वीरगंज, पोखरीया-वीरगंज र पथलैया-वीरगंज औधोगिक क्षेत्रमा रहेका साना-ठूला गरी दुई हजारभन्दा बढी उद्योग कलकारखानाहरु बन्द रहेको महासचिव साहले जानकारी दिए । नाकाबन्दी एवम् आमहड्तालका कारण कच्चापदार्थ नाकामै अड्केपछि लामो समयदेखि उद्योगहरु बन्द रहेको उनले बताए ।

सरकारलाई सबैभन्दा बढी राजस्व तिर्ने डाबर नेपाल, जगदम्बा स्टिल, सुर्या नेपाल, हुलास स्टिल लगायत धेरै उद्योग ठप्प छन् । नाकाबन्दी तथा तराई मधेसको आमहड्तालले सधै चहलपहल रहने विभिन्न ब्यवसायिक तथा औद्योगिक प्रतिष्ठानहरु सुनशान छन् ।

दिनहुको प्रदर्शन र २४ सै घण्टा नाकाबन्दीले आयात निर्यात ठप्प भएको हुलास स्टील ईन्डष्ट्रिजका प्रशासन बिभाग प्रमुख मोहन पौडेलले बताए । आन्दोलनले उद्योग नखुलने निश्चित भएपछि धेरैले दशै, तिहार र छठ पर्वसम्मका लागि मजदुरलाई बिदा दिइसकेका छन् ।

लगातारको बन्दका कारण बारा-पर्सा क्षेत्रका उद्योगमा कार्यरत २० हजार भन्दा बढी मजदुर कामबिहिन भएकासंघका महासचिव साहले बताए । ‘बारा र पर्साको मात्रै उद्योग, कलकारखाना बन्दका कारण दैनिक रुपमा दुई अर्ब रुपैयाँ भन्दा बढीको क्षति भईरहेको छ’ महासचिव साहले भने- ‘उद्योगको उत्पादन, बिक्रीबितरण ठप्प भएकोले राज्यले पाउने करोडौ राजस्व पनि गुमाईरहेको छ ।’

आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका सबै कार्यक्रम जारी नै रहने आन्दोलनरत संघीय समाजबादी फोरम नेपालका महासचिव रामसहाय यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment