Comments Add Comment

उपत्यकामा तीन हजार ३५० ट्याक्सी दर्ता गर्ने प्रक्रिया सुरु

२२ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौँ उपत्यकामा खाली रहेको एक हजार ८५० र थप एक हजार ५०० गरी तीन हजार ३५० ट्याक्सी थप्ने प्रक्रिया सुरु गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय अनुसार थप गर्न लागिएको ट्याक्सीमा व्यवसायीलाई ६ सय ५०, आम नागरिकलाई ७ सय र स्वरोजगार मजदुरका लागि ५०० ट्याक्सी दर्ता प्रक्रिया रहेका छन् ।

taxi (4)

ट्याक्सी व्यवसायीका लागि ब्लू बुक, आम नागरिकका लागि नागरिकता र स्वरोजगारलाई स्वरोजगारको प्रमाणपत्र आवश्यक पर्ने विभागका प्राविधिक निर्देशक नवीनकुमार पोखरेलले जानकारी दिए ।

‘तीनै थरीका लागि आह्वान गरिएको निवेदनअनुसार ट्याक्सी व्यवसायीलाई मागेभन्दा कम अर्थात् ६३४ निवेदन मात्र आएकाले ट्याक्सी दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ’ उनले भने ।

आम नागरिकका लागि ७ सय निवेदन माग गरिएकामा सात हजार ९ सय ७ आवेदन परेकाले असोज आज बिहान १० बजेबाट बालकुमारीको च्यासल फुटबल मैदानमा गोलाप्रथाद्वारा छनोट प्रक्रिया सुरु भएको छ ।

गोलाप्रथाद्वारा गरिने छनोट प्रक्रियाको बिहान १० देखि दिउँसो ५ बजेसम्म टिभी टुडेबाट प्रत्यक्ष प्रसारण भइरहेको पनि विभागले जनाएको छ । असोज २९ गते सोही स्थानमा स्वरोजगारका लागि पनि गोलाप्रथा गरी प्रत्यक्ष प्रसारण छनोट गरिने भएको छ । स्वरोजगारलाई ५०० निवेदन माग गरिएकामा करिब सात हजारको आवेदन दर्ता भएको छ ।

यो प्रक्रिया सकेपछि भूकम्पपीडितका लागि ५ सय, डिलक्स ५ सय र सुपर डिलक्स ५ सय ट्याक्सी दर्ताको प्रक्रिया थाल्ने विभागले जनाएको छ । हाल उपत्यकामा पाँच हजार ६ सय ५० ट्याक्सी सञ्चालनमा छन् । विसं २०५७ पछि पहिलोपटक सरकारले ट्याक्सी दर्ता खुला गरेको हो । यो प्रक्रिया सकेपछि उपत्यकामा ट्याक्सीको सङ्ख्या नौ हजार पुग्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment