Comments Add Comment

खुमबहादुरजीमाथि अन्याय भयो : अधिवक्ता रेग्मी

२२ असोज, काठमाडौं । हिन्दु राष्ट्र महाअभियानका प्रवक्ता एवं संविधानविद कुमार रेग्मीले खुमबहादुर खड्कामाथि राज्यले न्याय गर्न नसकेको बताएका छन् । माओवादीले खड्काको घर ध्वस्त पार्दा ५६ लाख रुपैयाँ बराबरको क्षति पुगेको अधिवक्ता रेग्मीले अनलाइनखबरलाई बताए ।kumar-regmi

‘उहाँको घर माओवादीले ध्वस्त पार्दा ५६ लाख रुपैयाँ क्षति भएको मूल्यांकन प्रतिवेदनमै उल्लेख भइसकेको छ,’ रेग्मीले अनलाइनखबरसँग भने, ‘५६ लाख क्षति भएको ठाउँमा २० लाख रुपैयाँमात्रै दिने भन्ने सुनियो, त्यो साँचो हो भने उहाँमाथि न्याय भएन ।’

हिन्दु राष्ट्र महाअभियानका संयोजक खड्काले यसअघि घरको क्षतिवापत एकरुपैयाँ पनि क्ष्तिपूर्ति नपाएको प्रवक्ता रेग्मीले बताए । उनले अनलाइनखबरसँग भने- ‘उहाँले यसअघि कुनै क्षतिपूर्ति पाउनुभएको छैन, १०/१५ दिनअघि दिने निर्णय भएको भनिएको १५ लाख रुपैयाँ औषधोपचारका लागि हो, घरको क्षतिपूर्ति होइन ।’

मृगौला प्रंत्यारोपणका लागि अरु नेताहरु ३०/४० लाखसम्म लिने गरेकोमा खड्कालाई १५ लाखमात्रै दिने निर्णय गरेको सुनिए पनि पाइ नसकेको रेग्मीले बताए । उपचार खर्चलाई नै घरको क्षतिपूर्तिका रुपमा हेर्न नमिल्ने भन्दै रेग्मी ५६ लाखको क्षतिमा २० लाखमात्रै दिने हो भने खड्कालाई ३६ लाख घाटा हुने बताए ।

‘मानवीय हिसाबले पनि हेरिनुपर्छ, यतिबेला खुमबहादुरजी मृगौला प्रत्यारोपणका लागि दिल्लीस्थित अस्पतालमा उपचाररत हुनुहुन्छ, अभिवक्ता रेग्मीले अनलाइनखबरसँग भने-‘उपचारका लागि उहाँले अहिले परिवारका सदस्य एवं आफन्तजनबाट सहयोग जुटाउने प्रयास गरिरहनुभएको छ, यस्तोबेलामा उहाँमाथि सहानूभूति प्रकट नहुनु दुःखद कुरा हो ।’

यो पनि पढ्नुस्

खुमबहादुरलाई २० लाख दिने मन्त्रिपरिषदको निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment