Comments Add Comment

माइक खोसाखोस गर्दै सकियो कांग्रेस बैठक, सरकारबारे निर्णय भएन

Congress-Meeting

२२ असोज, काठमाडौं । शीर्ष तीननेताले नै प्रधानमन्त्रीको उम्मेदवारमा दाबी गरेपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक माइक खोसाखोससँगै विना निश्कर्ष सकिएको छ ।

बैठकले सरकारबारे निर्णय गर्न असफल भएको छ । बैठकको निर्णयबारे केन्द्रीय सदस्यहरु नै अन्योलमा परेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम सकिएपछि उपसभापति रामचन्द्र पौडेलले बोलेका थिए । उनले सबैको धारणा कांग्रेसकै नेतृत्वमा सरकार बनाउने आएको भन्दै आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन आग्रह गरे ।

पौडेलले बोल्नुअघि लामो सम्बोधन गरेका वरिष्ठ नेता शेरबहादुर देउवाले संसदीय दलको चुनाव गर्न माग गरेका थिए । सभापति सुशील कोइरालाले भने पार्टी पदाधिकारीहरुबीच सल्लाह गर्दै निर्णय गर्ने सुनाएका थिए ।

तर, रामचन्द्रले प्रधानमन्त्रीको उमेद्वार बनाउन आग्रह गर्नासाथ केन्द्रीय सदस्यहरुले उठेर यो वैठकको निश्कर्ष के हो भनेर प्रश्न गरे । लगतै वरिष्ठ नेता देउवाले पौडेलका हातबाट माइक तानेर भने, ‘हामी तीनैजना प्रधानमन्त्रीको उम्मेदरवार । अब अन्य दलसँग छलफल गरेर जसले समर्थन जुटाउन सक्छ, उसलाई नै प्रधानमन्त्री बनाउनुपर्छ ।’

फेरि उपसभापति रामचन्द्र पौडेलले देउवाका हातबाट माइक तानेर पदाधिकारी बैठकमा छलफल गरेर फेरि केन्द्रीय समितिमा आउने बताए ।

पार्टीका तीनै नेताले प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गरेपछि बैठक निश्कर्षमा पुग्न नसकेको एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

अदृश्य शक्तिको संकेतको कुरा

दुई दिनसम्म चलेको कांग्रेसको बैठकमा अधिकांश केन्द्रीय सदस्य आफ्नै नेतृत्वको सरकारमा उभिएका छन् ।

शुक्रबारको बैठकमा आनन्द ढुंगाना, दिलबहादुर घर्ती लगायतका नेताहरुले भने पार्टी सभापति कोइरालाकै नेतृत्वमा सरकार गठन गर्नु धारणा राखेका छन् । देउवा पक्षले भने तत्काल संसदीय दलको नेताको चुनाव गर्नु पर्ने धारणा राखेका थिए ।

बैठकमा कांग्रेस नेता गगन थापाले भने शीर्ष तीन नेता कांग्रेसको नेतृत्वमा सरकार गठनको पक्षमा देखिएको भन्दै अहिलेसम्म किन चुप बसेको भनेर प्रश्न गरेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठक पर्खिएको पक्कै होइन भन्दै उनले अदृश्य शक्तिबाट संकेत कुरेर बसेको र उसले बहुमत पुर्‍याइदिने भएपघि अघि सरेको बताए । उनले आफ्नो नेतृत्वको सकारका लागि बहुमत नपुगे कांग्रेसको एजेण्डालाई जसले सम्बोधन गर्छ, उसैलाई सम्बोधन गर्नु पर्ने बताए ।

केन्द्रीय सदस्य बलबहादुर केसीले भने तीनै नेताले फरक फरक संकेत आएकाले तीनैले दाबी गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment