Comments Add Comment

राजेन्द्र महतोले भने- अब्बल राष्ट्रवादी मै हुँ

Rajendra-Mahato

आरपी सुवेदी

२२ असोज, नेपालगञ्ज । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूजस्तो राष्ट्रवादी अरु कोही नभएको बताएका छन् । भारतले नाकाबन्दी गरेको भनेर गलत आरोप लगाइएको भन्दै उनले नाकाबन्दी भारतले नभइ आफूहरुले गरेको पनि बताए ।

मधेसी मोर्चाको आन्दोलनलाई उर्जा थप्न शुक्रबार बाँकेको नेपालगञ्ज आएका महतोले आफूमाथि लागेको आरोप चिर्ने प्रयास गरे । उनी भारतीय भूमि हुँदै नेपालगञ्ज आइपुगेका थिए ।

पत्रकार भेटघाटमा उनले भने, ‘मधेसी जनताको हक अधिकारका लागि आन्दोलन गर्न भारतीय बाटो हुँदै म नेपालगञ्जसम्म आएँ । म अब्बल राष्ट्रवादी हुँ ।’

खोक्रो राट्रवादी चिन्तनको कारण भारतलाई एकतर्फीरुपमा गालीगलौज गर्दा केही क्षणलाई फाइदा पुग्ने भएपनि अन्तत सबैलाई घाटा हुने उनले ठोकुवा गरे । राज्यले मधेसमा जारी आन्दोलनलाई निस्तेज गर्न भारतलाई बदनाम गर्ने रणनीति लिएको उनले आरोप लगाए । भैरहवा र वीरगन्जमा राज्यले नै घुसपैठ गराएर आन्दोलन भड्काएको उनको आरोप थियो ।

‘बाबुराम मधेसको मसिहा बन्न खोजे’

एमाओवादी परित्याग गरेर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तराई-मधेसका जिल्ला दौडाहामा लागेर मधेसको मसिहा बन्न खोजेको महतोले टिप्पणी गरे । भट्टराईले मधेस विरोध संविधानमा हस्ताक्षर गरेको भन्दै महतोले उनी मधेसीको मसिहा बन्न नसक्नेे बताए ।

महतोले भने, ‘तीन बाहुनले जारी गरेको संविधानमा हस्ताक्षर गरेर मधेसीको मृत्युपत्रमा नै हस्ताक्षर गरेको बाबुरामले मधेसीको मसिहा भनेर भन्न मिल्दैन । उनको अहिलेको रणनीति टाउको काटेर कपालको रक्षा गर्न खोजिए जस्तै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment