Comments Add Comment

ठूला दलले दास बनाउन खोजे : मातृका यादव

matrika yadav

  • फाइल तस्वीर

सुभाषप्रसाद साह
२२ असोज, बारा । नेकपा (माओवादी)का अध्यक्ष एवं संयुक्त मधेसी राष्ट्रिय आन्दोलनका संयोजक मातृका यादवले समग्र मधेससहितको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

बाराको सिम्रौनगढमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै यादवले मुख्य तीन ठूला दलको जालझेलमा नपर्न मधेस केन्दि्रत दलका नेताहरुलाई आग्रह गरे । मुख्य दलका केही नेताहरुले मधेसीलाई अधिकार नदिइ सँधैका लागि दास बनाउन खोजेकाले मधेस मुक्तिका लागि आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।

‘सुशील कोइराला, केपी ओली र प्रचण्डको जालझेलमा नपर्न सबैलाई आग्रह गर्छु,’ यादवले भने, ‘यिनीहरु मधेसीलाई सधैंका लागि मतदाता र करदाताका रुपमा मात्रै प्रयोग गर्दै दास बनाउन खोज्दैछन् । त्यसमा हामी सबै सचेत भएर अगाडि बढ्नुपर्ने समय छ ।’

कार्यक्रममा पूर्वसभासद समेत रहेका नेता गोपाल ठाकुर, भरत साह, प्रभु यादव, सुबोध यादव, जयप्रकाश यादवलगायतले पनि तराई-मधेसमा जारी आन्दोलन अधिकार प्राप्तिका लागि भएको भन्दै तत्काल नरोकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment