Comments Add Comment

कांग्रेसले एमाओवादीसँग न भोट माग्यो, न एमालेलाई समर्थन गर्छु भन्यो

susil koirala and prachanda

२२ असोज, काठमाडौं । केन्द्रीय समितिमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनु पर्ने माग उठेपछि नेपाली कांग्रेसले एकीकृत नेकपा माओवादीसँग छलफल गरेको छ । तर, कांग्रेसले सरकारको नेतृत्व दाबी गर्दै समर्थन भने माग्न सकेन ।

विहान एमाले नेतृत्वसँग छलफल गरेको एमाओवादी नेतृत्व साँझ बालुवाटार पुगेको थियो । भेटमा एमाओवादी अध्यक्ष प्रचण्डले सहमतीय सरकार गठनमा जोड दिए । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने भद्र सहमति भएको भन्दै प्रचण्डले त्यसअनुसार अघि बढ्नु पर्ने बताए ।

तर, कांग्रेस र एमालेबीच समझदारी हुन्छ भने सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल जो भएपनि फरक नपर्ने आफूहरुले प्रष्ट पारेको एमाओवादी कोषाध्यक्ष हरिबोज गजुरेलले जानकारी दिए ।

तर, छलफलमा कांग्रेस नेताहरुले न हामी सरकारको नेतृत्व गर्छौ, समर्थन गर्नुस् भन्यो न भद्र सहमति अनुसार एमालेको नेतृत्वमा सहमतीय सरकार बनाउने कुरामा सहमत जनायो । ‘तपाईहरुको कुरा सुन्यौं । हाम्रो पार्टीमा निर्णय भएको छैन मात्र भने’ एमाओवादीका एक नेताले भने ।

एमाओवादी नेताहरुका अनुसार बैठकमा कांग्रेस नेताहरुले आफूहरु पनि सहमतिकै पक्षमा रहेको मात्र बताएका छन् ।

यो पनि पढ्नुस्

माइक खोसाखोस गर्दै सकियो कांग्रेस बैठक, सरकारबारे निर्णय भएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment