Comments Add Comment

शुक्रबारका टप १० समाचारः तपाईले छुटाउनु भयो कि ?

आज शुक्रबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. खुमबहादुरलाई २० लाख दिने मन्त्रिपरिषदको निर्णय

सरकारले कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्कालाई द्वन्द्वकालमा माओवादीले भत्काएको घरको क्षतिपूर्तिस्वरुप २० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद बैठकले शान्ति तथा पूननिर्माण मन्त्री नरहरी आचार्यको प्रस्तावमा खड्कालाई रकम दिने निर्णय गरेको हो ।

२. दिल्लीमा नेपालको झण्डा जलेको देखेपछि….

चार वर्षअघि सीए पढ्न दिल्ली पुगेका थिए जुम्लाका युवा ज्ञानेन्द्र शाही । नेपालमा संविधान निर्माणपछि दिल्लीमा भोगेको नमीठो अनुभूतिले धकेलेर उनलाई काठमाडौं ल्याइदिएको छ ।

३. नयाँ प्रधानमन्त्री चयन गर्न संसदमा २४ गते ११ बजे चुनाव 

नयाँ प्रधानमन्त्री चयन गर्न व्यवस्थापिका संसदमा असोज २४ गते निर्वाचन हुने भएको छ । राष्ट्रपति डा. रामवरण यादवले बहुमतीय सरकार गठनको आहृवान गरे लगतै संसदले प्रधानमन्त्रीको चुनावको मिति तोकेको हो ।

४. अग्निपरीक्षामा केपी ओली: के-के छन् चुनौती ?

कुनै जटिल चलखेल भएन भने आइतबारदेखि एमाले अध्यक्ष केपी ओली देशको प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ । प्रधानमन्त्री बन्ने सम्भावनासँगै ओलीका सामु जटिल चुनौतीले पनि पछ्याइरहेका छन् ।

५. ओलीलाई एमाओवादीको शर्त- मधेस र थारुको माग तत्काल सम्बोधन गर 

Mao-leder-at-Balkot

एमाओवादीले नयाँ सरकार गठनपूर्व नै थारु र मधेसीको आन्दोलनलाई सम्बोधन गर्न प्रदेशहरुको सीमांकन परिर्माजन गर्न तयार हुनुपर्ने सर्त राखेको छ । पार्टी स्थायी समितिको बैठकलगत्तै एमाओवादी नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । 

६. कांग्रेसले एमाओवादीसँग न भोट माग्यो, न एमालेलाई समर्थन गर्छु भन्यो 

केन्द्रीय समितिमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनु पर्ने माग उठेपछि नेपाली कांग्रेसले एकीकृत नेकपा माओवादीसँग छलफल गरेको छ । तर, कांग्रेसले सरकारको नेतृत्व दाबी गर्दै समर्थन भने माग्न सकेन ।

७. घटस्थापनादेखि पूर्णिमासम्म दसैं विदा दिने प्रस्ताव अस्वीकृत 

भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि गृह मन्त्रालयले सरकारी कार्यालयहरुमा घटस्थापनादेखि  पूर्णिमासम्म विदा दिने प्रस्ताव गरेको थियो ।तर, गृहको प्रस्ताव स्वीकृत हुन सकेन ।

८. दसैंमा २० लाखलाई घर पुर्‍याउन काहाँबाट ल्याउने ३० लाख लिटर तेल

दसैं सुरु हुन अब एकहप्ता पनि बाँकी छैन । तर, भारतको अघोषित नाकाबन्दीका कारण इन्धनको चरम संकट छ र गाडीहरु चल्न छाडेका छन् । 

९. चीनमा पेट्रोल कति छ ? नेपालमा ल्याउँदा कति पर्छ ?

यसपटकको नेपाल-भारत तनावमा नेपालले परम्परागत रुपमा चिनियाँ कार्ड खेले पनि चिनियाँ कार्डको स्वरुप भने अलग प्रकारले चर्चामा आएको छ ।यो तिक्त अवस्था नेपालमा दशकौंदेखि चली आएको पश्चिम वनाम भारत वा पश्चिम वनाम भारत-चीन शीतद्वन्द्वको पछिल्लो परिदृश्य हो ।

१०. मलाई स्कर्ट सुहाउँछ, सारीमा कामुक देखिन्छु’ : नम्रता 

केही म्यूजिक भिडियो र विज्ञापनमा मोडलिङ गरेकी छिन्, मोडल नम्रता योगीले । पेशाले फेशन डिजाईनर नम्रताले केही चलचित्रमा अभिनय समेत गरकी छिन् ।

र, यो पनि

ऋण चुक्ता गर्न श्रीमतीलाई रातभर साहुको जिम्मा

ऋण तिर्नको लागि आफुसँग रकम नभएपछि एक पुरुषले आफ्नी श्रीमती नै साहुलाई जिम्मा लगाएका छन् । घटना भारतको मध्यप्रदेशको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment