Comments Add Comment

जहाँ गाइलाई सुनाइन्छ लाइभ म्युजिक : गीत सुनेपछि बढ्छ दुध (भिडियो सहित)

Cowअमेरिकाको न्युयोर्कस्थित उडस्टोक फार्म एनिमल स्यांक्चुअरीमा पालिएका गाइहरुले घाँस तथा दानापानी मात्र खाँदैनन् लाइभ म्युजिक पनि सुन्दछन् ।

गाइलाई गीत सुनाउने बोभाइन म्युजिक सोसाइटीमा आबद्ध कलाकारहरुले त्यहाँका गाइलाई गीत संगीत सुनाउँछन् । गाइहरुले निकै शान्त तथा मग्न भएर संगीतको आनन्द लुट्दछन् । अझ अनौठो त के भने यसरी गीत संगीत सुनेपछि गाइहरुले दुध पनि बढि दिन थाल्छन् ।

गीत सुनेपछि गाइले दुध बढाउने कुरा हावादारी होइन, यसमा वैज्ञानिक कारण रहेको दाबी गरिएको छ ।

बेलायतको लिसेस्टर विश्वविद्यालयमा गरिएको एक अनुसन्धानले सुमधुर संगीतको धुन सुन्ने गाइले अधिक दुध दिने तथ्य प्रमाणित गरिसकेको छ । अनुसन्धानका क्रममा गित संगीत सुन्ने गाइले ३ प्रतिशत बढि दुध दिने गरेको पाइएको थियो ।

उडस्टोक फार्म एनिमल स्यांक्चुअरीमा विशेषगरी असहाय गाइवस्तुलाई उद्धार गरेर पाल्ने गरिएको छ ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment