Comments Add Comment

फेसबुकमा आएन डिसलाइक, भावना व्यक्त गर्ने ६ बटन थपियो

New-facebook-looks

फेसबुकमा कसैका पोष्ट मन परेमा लाइक बटन थिच्ने सुविधा छ । मन परेन भने चाहीँ कमेन्ट गरेरै तितो पोख्नुपर्ने बाध्यता छ । यस्तोमा फेसबुकेहरुको चाहनालाई ध्यानमा राख्दै फेसबुकले लाइक सँगै डिसलाइक बटन पनि थप्ने चर्चा चलिरहेको थियो र छिटै नै फेसबुकले डिसलाइक बटन थप्दैछ भन्ने समाचार पनि आएको थियो । तर अन्ततः फेसबुकले डिसलाइक बटन ल्याउने योजनालाई थाति राख्दै भावना व्यक्त गर्ने नयाँ तथा रोचक फिचर थप गरेको छ ।

फेसबुकले शुक्रबार देखि रिएक्सन फिचर अन्तरगत ६ वटा नयाँ इमोजी बटन थपेको छ । थप गरिएका ती ६ वटा इमोजी बटनहरु लाइक बटन सँगै रहनेछन् ।

यी नयाँ बटन थप गरिएसँगै अब फेसबुक प्रयोगकर्ताले आफ्नो वालमा देखिने कुनैपनि फेसबुक पोष्टहरुमा केवल लाइक मात्र ठोक्ने बाध्यता हुनेछैन । पोष्टको प्रकृति तथा प्रकार हेरिकन आफ्नो भावना व्यक्त गर्न पाइनेछ ।

फेसबुकका अनुसार परीक्षणका लागि स्पेन र आयरल्याण्डमा यो फिचर सुरु गरिएको छ र त्यसको प्रतिक्रियाको आधारमा छिटै सबैतिर सुरु गरिनेछ ।

Facebook-shine

फेसबुकमा थपिएका ६ वटा नयाँ बटनहरुमा प्रेमको प्रतिक अर्थात् लभ बटन, हाँसोको प्रतिक हाहा बटन, खुसी व्यक्त गर्न य बटन, आश्चर्य व्यक्त गर्न ओउ, दुःख व्यक्त गर्न आँशु चुहेको बटन तथा रिस प्रकट गर्न एंग्री बटन रहेका छन् ।

फेसबुक मुख्यालयमा भएको प्रश्नोत्तर सत्रमा सिइओ मार्क जुकरबर्गले भनेका छन् : मानिसहरुले वास्तवमा आफ्नो मनोभावना व्यक्त गर्न सकियोस् भन्ने चाहन्छन् । सबै क्षणहरु राम्रो हुँदैनन् । त्यसैले हामीले हामीसँग भएको एउटा आइडियाको परीक्षण गर्दैछौँ र यसबाट कस्तो प्रतिक्रिया आउँछ त्यसकैको आधारमा यसलाई व्यापक गराउनेछौँ ।

समाचार अनुसार डिसलाइक बटन निकै नकारात्मक हुने भएको र यसको गलत प्रयोग हुने सम्भावना हुने भएकाले फेसबुकले त्यसको साटो मनोभावना व्यक्त गर्ने बटन थप गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment