Comments Add Comment

प्रधानमन्त्री उम्मेदवारको मनोनयन दर्ता अाज

२३ असोज, काठमाडौं । नयाँ संविधान जारी भएपछि नयाँ सरकार गठनका लागि शनिवार प्रधानमन्त्रीको मनोनयन दर्ता गरिने भएको छ ।

susil-koirala-and-kp-oliप्रधानमन्त्रीका लागि शनिवारबार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको समय गरिएको छ । प्रधानमन्त्री चयनका लागि आइतबार विहान ११ बजे संसदमा मतदान हुनेछ ।

आइतबार बिहान बस्ने व्यवस्थापिका-संसदको बैठकमा सबै उम्मेदवारले उम्मेदवारीको सूचना प्रस्तुत गरेपछि प्रस्तावक र समर्थकले समर्थन गर्ने, सबै उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र सबै उम्मेदवारीलाई प्रस्तुत गर्नेगरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

निर्वाचन कार्यक्रम अनुसार शनिवार अपराहृन ४ः ३० बजे उम्मेदवारको दर्ता क्रमअनुसार नामावली प्रकाशित गर्ने र आइतबार विहान ११ बजेको बैठकमा प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्री चयन गर्न दिइएको समय शुक्रबारबाट सकिएपछि बहुमतीय प्रक्रिया अघि बढेको हो । संविधानको धारा २९८ को उपधारा ३ अनुसार बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति डा. रामवरण यादवले ब्यवस्थापिका संसदलाई आहृवान गरेका थिए ।

नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आहृवान गरेका थिए ।

तर सहमति नभएपछि नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका-संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन राष्ट्रपतिबाट आहृवान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment