Comments Add Comment

ब्युँतिदैछ लप्सीफेदी र नाङ्लेभारे (फोटोकथा)

Lapsifedi-Nanglevir२३ असोज, काठमाडौं । काठमाडौको सुन्दर लप्सीफेदी र नाङ्लेभारे वैशाखमा गएको आएको विनासकारी भूकम्पले उजाड बन्यो । भूकम्पले घर भत्किएर ओत लाग्ने ठाउँ नभएपछि उनीहरु खुलाआकाशमुनी कैयौं रात बिताए । मुश्किलले पाएको पाल टाँगेर धेरै समय गुजारे ।

सरकारले भूकम्पपीडितका लागि आवास बनाइदिने सपना त बाँड्यो तर आवास बनेन । सरकारबाट सहयोगको आशा मरेपछि गाउँलेहरु भूकम्पले भत्काएको घर खोस्रिन थाले । भत्किएको घर खोसिएर ढुंगा निकाले । आफैले ढुंगा र भत्किएको घरको सामान पन्छाए ।

घरको ढुंगामाटो पन्छाएर उनीहरु टहरा बनाउन थाले । बाँसको कप्टेरोले टहरा बेरेर जस्ताको छानो लगाए । धेरै समयसम्म पालमुनीको बास भएका लप्सीफेदी र नाङ्लेभारेवासीको जनजीवन विस्तार तङ्ग्रिन थालेको छ ।

कहिँ कतैबाट सहयोग नभएपछि राजधानी काठमाडौंको दुर्गम गाउँ नाङ्लेभारे र लप्सीफेदीका बासिन्दाले आफै झुपडी बनाएर बस्न थालेका हुन् । सयौं घरगोठ भूकम्पले भत्किएपछि विस्थापित बासिन्दाको दैनिक जनजीवन विस्तारै सहज हुँदै गएको छ ।
Lapsifedi-Nanglevir3
अहिले तङ्ग्रिदै गएको यी बस्तीका झुपडीहरुमा कष्टपूर्ण जीवन ब्यतित गरिरहेका छन् यहाँका नागरिकहरु । सानो झुपडीभित्र मकैका झोत्ता थुप्रिएका छन् । कसैले कसैको झुपडीको छेवैमा मकैको सुली ठड्याएका छन् ।

लामो समयसम्म राज्यको अनुपस्थितिपछि बेसहारा बनेका काठमाडौंका यी गाउँले अहिले आफैले बनाएको झुपडीमा बास बस्छन् । आफ्नो नियमित काम गरी खेतबारी हरियाली बनाउन थालेका छन् । आफ्नै बारीमा तरकारी फलाउन थालेका छन् । तिनै पौरखी हातहरुले खेतबारीमा फलाएका अन्न भण्डारण गर्दैर्छन् । असरल्ल परेका मकैका झोत्ताहरुलाई सुली चढाउन लागेका छन् ।
Lapsifedi-Nanglevir5
सरकारले भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण गठन गरे पनि त्यसले गतिलिन सकेको छैन । जनताको घर बनाउन दुई लाख क्षतिपूर्ति दिने निर्णय त भयो तर कार्यान्वयन भने भएको छैन ।

अहिले भूकम्पपीडित नागरिक भूकम्पल भत्काएको घर टालटुल परेर बस्दैछन् भने कोही काठ बाँस र जस्तापाता बेरेर झुपडीमा दिन गुजार्दै छन् । विस्तार तङ्ग्रिँदै गएका यहाँका बासिन्दा वैशाख १२, १३ र २९ गतेको त्यो दिन विर्सिने प्रयत्नमा छन् । अतितलाई विर्सिन चाहेका उनीहरु भन्छन्-‘त्यो दिन कहिल्यै नआओस् ।’

थप तस्वीर हेर्नुहोस्

Lapsifedi-Nanglevir1

Lapsifedi-Nanglevir2

Lapsifedi-Nanglevir4

Lapsifedi-Nanglevir6

Lapsifedi-Nanglevir8 Lapsifedi-Nanglevir10 Lapsifedi-Nanglevir11

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment