Comments Add Comment

कमल थापा नेतृत्वको राप्रपा नेपालले ओलीलाई समर्थन गर्ने

Kamal Thapa (2)२३ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले राष्ट्रियता, प्रजातन्त्र, आर्थिक समृद्धि र विकासको मुद्दामा देशभक्त प्रजातान्त्रिक शक्तिहरुबीच घनीभूत एकता आवश्यक रहेको ठहर गर्दै प्रधानमन्त्रीको निर्वाचनमा ओलीलाई समर्थन गर्ने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

प्रधानमन्त्री चयनका लागि संसद सचिवालयले उम्मेदवार दर्ता शनिबार ११ बजेदेखि ४ बजेसम्मको समय तोकेको छ । आइतबार ११ बजे संसादमा मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment