Comments Add Comment

प्रधानमन्त्रीमा ओलीको उमेद्वारी दर्ता, प्रचण्ड प्रस्तावक, कमल थापा समर्थक

Kp-Oli-Nomination

२३ असोज, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीका लागि उमेद्वारी दर्ता गरेका छन् ।

संसद सचिवालयमा दर्ता गरिएको उमेद्वारीको प्रस्तावक एमाओवादी अध्यक्ष प्रचण्ड रहेका छन् भने समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा रहेका छन् ।

व्यवस्थापिका संसदको भोलि आइतबार ११ बजेको बैठकमा मतदान हुनेछ ।  केपी ओलीसँग प्रधानमन्त्रीमा प्रतिस्पर्धाका लागि कांग्रेस सभापति सुशील कोइरालाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

ओलीको समर्थनमा साना र ठूलासहित २५ दल रहेको एमाले नेताले बताएका छन् । यससँगै ओली मुलुकको ३८ औं प्रधानमन्त्री हुने पक्का भएको छ ।

एमालेका १८३, एमाओवादीका ८३ र राप्रपा नेपालका २५ सभासद छन् । तीन दलको कुल मत २९१ हुन्छ । ओलीलाई साना दलको पनि समर्थन छ ।

प्रधानमन्त्री बन्न ओलीलाई आवश्यक ३०० मत पुर्‍याउन तीन दलबाहेक थप ९ मतमात्रै चाहिन्छ । यसका लागि राप्रपासहितका दलहरुले सहमति जनाइसकेकाले ओलीको बहुमत निश्चित देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment