Comments Add Comment

मुलुककै प्रमुख आर्थिक तथा व्यपारिक नाका ठप्प

२२ असोज, वीरगंज । संविधान शंसोधन र सीमाँकनको विरोध गर्दै मधेशबादी दलहरुले गर्दै आएको बन्द हड्ताल तथा नाका बन्दीको कारण पर्साको जन जिवन कष्टकर बन्दै गएको छ ।

Birjung-Vansarविगतको सहमति कार्यन्वयनको माग गर्दै संघिय समावेशी मधेशी मोर्चा र संयूक्त लोकतान्त्रिम मधेशी मोर्चाले आहृवान गरेको ५६ औं दिनको बन्दी र १६ दिन देखी गर्दै आएको नाका ठप्पको कारण दैनिक उपभोग्य बस्तुको अभावभई जनजिवन कष्टकर बन्दै गएको हो ।

भारतको अघोषित नाकाबन्दी र मधेशी मोर्चाले गरेको बन्द हड्तालका कारण खाना पकाउने ग्याँस, खाद्ययान, जिवन रक्षक औषधी लगायत अति आवस्य बस्तु समेतको अभाव खेपन सर्वसाधारण बाध्य भएका छन् । करिब दुई महिना देखी उद्योग,व्यपार, पसल, शैक्षिक संस्था, वित्य संस्था, सार्वजनिक तथा निजी यातायातका साधान बन्द भएपछि दैनिक धान्न समेत गारोह भएको सर्वसाधारणले बताएका छन् ।

मार्चाले संचालन गर्दै आएको धर्नाले मुलुककै प्रमुख आर्थिक तथा व्यपारिक नाका ठप्प भएको शुक्रबार १६ दिन पुरा भएको छ । भारतसंग जोडिने सिमामा जारी आन्दोलनकारी मधेशी दलहरुको धर्नाले नाका ठप्प हुँदा यहाँबाट हुने आयात निर्यात पनि पुर्ण रुपमा ठप्प भएको छ ।

शुक्रबार बिहानैदेखि आसराङ्ग नाँच, बाजागाजा, घोडादौडजस्ता झाँकी सहित गाउँगाउँबाट आएका प्रदर्शनकारीहरुले नगर परिक्रमा गर्दै दशगजा क्षेत्रको मितेरी पुल पुगेर धर्नामा सहभागि भएका छन् । गाउँलेहरुले एक आपसमा चन्दा जम्मा गरेर नाका स्थित धर्नामा सहभागिहरुको लागि चामल, दाल, चिउरा-मिठा, दालमोठ, पानी समेत लिएर आएका गाउलेहरु नाकामा नेता तथा कार्यकर्ताहरु संगै धर्नामा बसेका छन् । पर्साको झौवागुठी, उदयपुर घुर्मी, बहुवरी, जगरनाथपुर, श्रीपुर त्यसैगरी बाराको नौतन लगायतको जुलुसमा व्यपकरुपमा सहभागीता रहेको थियो भने वीरगंज उप महानगरपालिका, नेपाल बिद्युत प्राधिकरण, जिल्ला बिकास समितिका सम्पुर्ण निजामती कर्मचारीहरुले पनि मधेश आन्दोलन तथा नाका बन्दीमा ऐक्यबद्धता जनाउदै आ आफ्नो कार्यालयबाट निकालिएको जुलुस नगर परिक्रमा गर्दै धर्ना स्थलमा पुगी सहभागीता जनाएका थिए । पर्सा र बाराबाट ओर्लिएको जनसागरलाई नाकामा व्यवस्थित गर्न मोर्चाका नेताहरुलाई हमेहमे परेको थियो ।

पर्सा बाराबाट बिभिन्न समुहमा आ-आˆनो ठाउँमा जुलुस र बाजागाजा सहितको झाँकी लिएर आएका थिए । मधेसी मोर्चाको अहृवानमा जारी आमाहड्ताल तथा नाकाबन्दी मोर्चाआवद्ध दलका युवा संगठनको नेतृत्वमा वीरगंजमा बिहानै युवाहरुले नगरमा जुलुस प्रदर्शन गर्दै नाकास्थित धर्नामा पुगेका छन् । मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरुले थाल बजाएर जुलुस निकाली धर्नामा पुग्नु अगाडी वीरगंज नगरभित्र परिक्रमा गरे । गाउँगाउँबाट आएका महिलाहरुले समेत हातमा कुचो लिएको जुलुस सहित नेपाल-भारत सिमास्थित मितेरी पुलमा पुगेर धर्नामा सहभागि भए ।
संघिय समावेशी मधेशी मोर्चाले वीरगंजमा अर्धनग्न जुलुस प्रदर्शन गरेको छ गरेको छ ।

वीरगंजको घण्टघरबाट निस्किएको जुलुस नगरको परिक्रमा गरी पुनः घण्टाघर चौकमा आएर कोणसभामा परिणत भएको थियो । शुक्रबार संविधान शंसोधन र सिमाँकनको विरोध गर्दै संघीय समावेशी मधेशी मोर्चाका नेता कार्यकर्ताहरु वीरगंजमा अर्धनग्न जुलुश निकालिएका छन । नाकामा धर्ना बसेका दलका नेता तथा कार्यकर्ताहरुको उत्साह बढउन समावेशी मधेशी मोर्चामा आवद्ध विभिन्न दलका नेता कार्यकर्ताहरुले अर्धनग्न जुलुश निकाले छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment