Comments Add Comment

उमेद्वारी दर्तापछि ओलीले भने- अन्तिममा कांग्रेसले समर्थन गर्छ

Kp-Oli
२३ असोज, काठमाडौं । प्रधानमन्त्रीका लागि उमेदवारी दर्ता गरेका एमाले अध्यक्ष केपी ओलीले आफूलाई नेपाली कांग्रेसले पनि साथ दिने विश्वास व्यक्त गरेका छन् ।

शनिबार प्रधानमन्त्रीका लागि उमेद्वारी दर्तासँगै ओलीले भने- ‘अन्तिममा कांग्रेसले पनि मलाई समर्थन गर्छ ।’

विगतमा सुशील कोइराला प्रधानमन्त्री हुँदा आफैं प्रस्तावक बनेको ओलीले स्मरण गरे । सुशील प्रधानमन्त्री बन्ने बेलामै संविधान बनेपछि एमालेलाई दिने सहमति भएको ओलीले बताए ।

त्यसैगरी १६ बुँदे सहमतिबा बेलाको भद्र सहमति, भूकम्पपछिको पुननिर्माणका लागि एकताको आवश्यकता समेतलाई उधृत गर्दै ओलीले अन्तिममा कांग्रेसले आफूलाई समर्थन जनाउने विश्वास व्यक्त गरेका हुन् ।

ओलीको उमेद्वारीमा प्रस्तावक बनेका प्रचण्ड र समर्थक बनेका कमल थापाले आफूले विना शर्त ओलीलाई समर्थन जनाएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment