Comments Add Comment

धान सुक्न थालेपछि किसान चिन्तित

२३ असोज, लहान । लामो समयदेखि वर्षा नहुँदा हजारौँ हेक्टर क्षेत्रफलमा लगाइएको धान खडेरीका कारण सुक्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

समयमा पानी नपर्नु तथा सिँचाइको उचित व्यवस्था नहुँदा जिल्लाको पूर्वीदक्षिण भेगका नहरा रिगौल, कल्याणपुर, महेशवारी, बेतहालगायत गाविसमा धान खेतमै सुक्न थालेपछि त्यस भेगका किसान चिन्तित बनेका हुन् ।

धान सुकेपछि किसानले अहिले धान काटेर पराल चौपायालाई खुवाउन थालेका छन् । उनीहरुले खडेरीबाट पीडित कृषकलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । खोला र नहरको पहुँच रहेको स्थानबाहेक अन्य आकासे पानी, बोरिङ, पम्पसेटबाट सिञ्चित क्षेत्रमा भने धान सुकेको छ ।

“मेहनत साथ खेतमा लगाएको धानबाली पानीको अभावमा डढ्न थालेको छ”–सिरहाको धनगढीका किसान सत्रुधन महतोले भने, “अघिल्लो वर्ष वर्षा नहुँदा राम्ररी धान रोपाइँ भएको थिएन तर यस वर्ष धान रोपाइँ भएपनि वर्षा नहुँदा खेतमै धान सुक्न थालेको छ ।”

वर्षा पनि लामो समयदेखि नभएको र सिँचाइको पनि उचित व्यवस्था नहुँदा त्यस भेगका किसान मोटरबाट पानी तानेर धानमा लगाउन बाध्य भएको किसानहरु बताउँछन् ।

गतवर्ष वर्षाको आभावमा धान उत्पादन कम भएपछि त्यस भेगका किसानले सीमावर्ती भारतबाट चामल, गहुँलगायत खाद्यान्न चर्काे मूल्य तिरेर उपभोग गर्न बाध्य रहेको भन्दै यसवर्ष सिरहामा ठूलो खाद्यान्न सङ्कट हुने सम्भावना रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment