Comments Add Comment

प्रधानमन्त्रीमा सुशील कोइरालाको उम्मेदवारी दर्ता

Sushil Koirala Nomination For Pm

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

राष्ट्रपतिसमक्ष राजीनामा बुझाए लगतै कोइरालाले बानेश्वर पुगेर उम्मेदवारी दर्ता गरेका कहुन् । कोइरालाको प्रस्तावकमा वरिष्ठ नेता शेरबहादुर देउवा र समर्थकमा उपसभापति रामचन्द्र पौडेल छन् ।

कोइरालाको समर्थनमा अहिलेसम्म अन्य कुनै दल देखिएको छैन् ।

उम्मेदवारी दर्तापछि कोइरालाले पार्टीको निर्णय अनुसार उम्मेदवारी दिएको बताए । सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै कोइरालाले आफ्नो उम्मेदवारीले सहमतिको राजनीति नसकिएको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिले सरकारबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीका आकांक्षी शीर्ष तीन नेतालाई दिएको थियो । कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति पौडेलबीच आइतबार विहान भएको छलफलमा उम्मेदवारबारे सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment