Comments Add Comment

राप्रपा नेपाल कमल थापाको नेतृत्वमा सरकारमा जाने

kamal thapa-2

२३ असोज, काठमाडौं । राप्रपा नेपाल पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ ।

राप्रपा नेपालले प्रधानमन्त्रीका उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा आफैं ओलीको उम्मेदवारीमा समर्थक बसेका छन् ।

राप्रपा नेपालका सहमहामन्त्री राजाराम श्रेष्ठका अनुसार सरकारमा सम्मानजनक स्थान दिने बचन पाएको बताए । उनका अनुसार अहिलेसम्म पार्टी अध्यक्ष थापाको नेतृत्वमा सरकारमा जाने तयारी छ ।

एमाले निकट स्रोतका अनुसार सरकार गठनमा मुख्य भूमिका खेलेका थापालाई उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री दिने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment