Comments Add Comment

इन्धन नपाए डेरी उद्योग वन्द गर्ने चेतावनी

२३ असोज, काठमाडौं । दूध उत्पादन गर्दैआएका निजी क्षेत्रका डेरी उद्योगहरुले इन्धन नपाए उद्योग बन्द गर्ने चेतावनी दिएका छन् । डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले संयुक्त रुपमा शनिबार कृषि तथा उपभोक्ता डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो चेतावनी दिएको हो ।

dariडेरी सम्बद्ध ति दुवै संस्थाले सरकारले इन्धन उपलब्ध गराउन नसके आगामी सोमबारदेखि इन्धनको अभावमा मुलुकभरका डेरी उद्योग बन्द हुन सक्ने चेतावनीसमेत दिएको छ । नेपाल आयल निगम (एनओसी) सँग इन्धन उपलब्ध गराइदिन धेरै प्रयास गरेपनि उपलब्ध नभएको जानकारी उद्योगीहरुले आइतबारदेखि किसानको दूध संकलन गर्नसमेत नसक्ने औल्याएको छ ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष सुमित केडियाले इन्धनको अभावमा उपत्यका, पोखरा, बुटबललगायतका भित्री क्षेत्रको डेरीहरु बन्द हुन लागेको जानकारी दिए । चाडपर्वको मुखमा उद्योग बन्द हुँदा सर्वसाधारणलाई चाडपर्व मान्न समस्या हुन सक्ने बताउदै उनले इन्धनको अभावम किसानको दसैं पर्व खल्लो हुन सक्ने बताए ।

मुलुकभरका औपचारिक रुपमा एक सय ५७ वटा र अनौपचारिक रुपमा आठ सयभन्दा बढी दूध उद्योग इन्धनको अभावमा धरासायी हुन लागेको अध्यक्ष केडियाले बताए । उनकाअनुसार इन्धन अभाव हुंदा किसान तहमा दैनिक दुई करोड ५० लाख र उद्योगतर्फ एक करोड मूल्य बराबरको क्षति भइरहेको छ ।

‘राज्यले भोलीदेखि आवश्यक परिमाणमा इन्धन दियो भने हामी पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न तयार छौं’, केडियाले भने ।

डेरी उद्योग संघका अध्यक्ष प्रदिप महर्जनले इन्धनको अभावमा अहिले दैनिक दुई लाख लिटर दूध मात्रै संकलन भइरहेको छ । अघोषित रुपमा लागेको नाकावन्दी र इन्धन अभाव अघिसम्म दैनिक पाँच लाख लिटर दूध संकलन हुन्थ्यो ।

उनले दुग्ध विकास बोर्ड र कृषि विकास मन्त्रालयले एनओसी र बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेपनि आत्मनिर्भरतर्फ उन्मुख रहेको डेरी उद्योगलाई सरकारले इन्धन नदिएको जानकारी दिए । नेपालभरको दूध उद्योगलाई दैनिक नौं हजार लिटर डिजेल आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment