Comments Add Comment

थ्रीस्टार शीर्ष स्थानमा, झापा उपाधि होडबाट बाहिरियो

Nirajan Khadka

२३ असोज, काठमाडौं । बलियो टोली झापा ११ लार्इ पराजित गर्दै थ्रीस्टार राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै झापा ११ भने उपाधि होडबाट बाहिरिएको छ ।

शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले झापा ११ लार्इ १–० गोलअन्तरले पराजित गरेको छ । थ्रीस्टारको जितमा ६९ औं मिनेटमा जगजित श्रेष्ठले निर्णायक गोल गरे ।

झापाले खेलमा फर्कन अन्तिम समयसम्म गरेको प्रयास सफल हुन सकेन । थ्रीस्टारका निराजन खड्का म्यान अफ द म्याच घोषित भए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको थ्रीस्टारको १४ खेलबाट २९ अंक भएको छ भने समान खेलबाट २७ अंक जोडेको आर्मी क्लब दोस्रो स्थानमा झरेको छ । मनाङ मर्स्याङ्दी क्लब २५ अंकका साथ तेस्रो छ । र, उसले उसले एक खेल कम खेलेको छ ।

झापा २४ अङ्कका साथ चौथो स्थानमा छ । लिगमा अन्तिम खेल खेल्नु अघि लिग लिडर थ्रीस्टारभन्दा ५ अंकले पछि परेको झापा उपाधि होडबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment