Comments Add Comment

इटली युरो कपका लागि छनोट, नेदरल्याण्ड बाहिरिने खतरा

Italy

२४ असोज, काठमाडौं । इटली युरो कप फुटबलका लागि छनोट भएको छ । नेदरल्याण्डले युरोकप गुमाउने खतरा बढेको छ ।

शनिबार राति भएको खेलमा इटलीले अजरबैजानलाई ३–१ ले पराजित गरेको छ । बाकुमा भएके खेलमा अजरबैजान अन्तिम केही मिनेट १० खेलाडीमा सिमित भएको थियो ।

जितसँगै इटली २१ अंकका साथ समूह एचको शीर्ष स्थानमा छ र युरो कपका लागि छनोट भएको छ ।

शनिबार राति भएको अर्को खेलमा नर्वेले माल्टालाई २–० ले र क्रोएसियाले बुल्गेरियालाई ३–० ले पराजित गरेको छ ।

जितसँगै नर्वे १९ अंकसहित दोस्रो र क्रोएसिया १७ अंकसहित तेस्रो स्थानमा छ । अब अन्तिम खेलले युरो कपका लागि छनोट हुने दोस्रो टोलीको टुंगो लाग्नेछ ।

नेदरल्याण्डले युरो कप गुमाउने खतरा

नेदरल्याण्ड भने युरो कपका लागि छनोट नहुने सम्भावना बलियो भएको छ ।  गएराति भएको खेलमा नेदरल्याण्डले काजकिस्तानलाई २–१ ले पराजित गरेको छ ।

तर, टर्कीले चेक गणतन्त्रलाई २–० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ । समूह एबाट आइल्याण्ड र चेक गणतन्त्र छनोट भइसकेकाले प्ले आफ खेल्ने तेस्रो टोलीमात्र टुङ्गो लाग्न बाँकी छ ।

गएरातिको जितसँगै टर्की १५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ भने १३ अंक जोडेको नेदरल्याण्ड चौथो स्थानमा झरेको छ ।

छनोट चरणको अन्तिम खेलमा नेदरल्याण्ड र चेक गणतन्त्र र टर्की र आइसल्याण्ड खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment