Comments Add Comment

स्पेनको नेपाली समुदायबाट काभ्रेको पुनर्स्थापना केन्द्रको पक्की भान्सा कोठा निर्माण

बार्सिलोना । स्पेनको नेपाली समुदायले संकलन गरि पठाएको रकमले काभ्रेको सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रमा पक्की भान्सा कोठा निर्माण भएको छ। बाँसले बारेको अस्थायी भान्साघर मात्र भएको पुनर्स्थापना केन्द्रमा, स्पेनबाट सहयोग पुगेपछि अहिले भने पक्की भान्सा घर निर्माण भएको हो।

भान्सा कोठा बनाउँन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन र स्थानीय मिडिया संयुक्त पहल गरी रकम संकलन गरेका थिए। स्पेनको नेपाली समुदाय लगायत संयुक्त राज्य अमेरिका र फिनल्याण्डमा रहेका केही नेपालीहरुले पनि सहयोग पठाएपछि करिब २ लाख ४० हजार रुपैयाँ (२ हजार २ सय ६६ युरो) संकलन भएको थियो । मिडियाले पुनर्स्थापना केन्द्रमा रहेका बालबालिका र भान्साकोठाको अवस्थाबारे भिडियो तयार गरी सहयोगको अपिल समेत गरेको थियो।

bhawanगैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद सदस्य तथा हाल युरोप उप-संयोजकका प्रत्यासी दीपक खरेल आफै पुनर्स्थापना केन्द्रमा पुगी अवलोकन गरेर स्पेन फर्किए लगत्तै गत मार्च महिनामा रकम संकलन अभियान शुरु गरिएको थियो।

सहयोग संकलन समितिका संयोजकसमेत रहेका खरेलले भान्सा घर बनेकोमा खुसी ब्यक्त गरेका छन्। खरेलले भने, “सबैको सहयोगका कारण केन्द्रमा रहेका छात्रछात्राहरुलाई अब खाना बनाउँन धेरै सजिलो हुने छ, स्पेनबासी नेपालीहरुलाई धन्यबाद जसको सहयोगमा आज एक परोपकारी काम सम्भव भएको छ।”

अनलाईनकर्मी बसन्त रानाभाटले खरेलथोक भान्साकोठा निर्माण गर्न मिडियाले स्थानीय संघसस्थासँग मिलेर गरेको परोपकारी कामले सफलता पाएकोमा खुसी ब्यक्त गरे। उनले भने,”प्रबासका गतिबिधि, राजनतिक वा समसामयिक बिषयमा मात्र नभई, आफ्नो देशका लागि, कुनै परोपकारी कामका पनि समय खर्चेर पत्रकारिता गर्न सकिन्छ भन्ने प्रेरेणा खरेलथोकले दिएको छ।”

दशै भित्र भान्सा घर निर्माण गर्ने पुर्ब योजना अनुरुप नै काम सपन्न भएको छ। आगामी अक्टोबर २५ तारिखमा एक कार्यक्रमबीच भान्साघरको उद्घाटन गर्ने सुस्त मनस्थिति केन्द्रले जनाएको छ।

पुनर्स्थापना केन्द्रमा काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, धादिङ, मोरङ, धनुषा डोटी लगायतका जिल्लाहरुबाट गरि २५ जना छात्र छात्राहरुले आश्रय लिदै आएका छन् ।

खरेलथोकस्थित भगवती उच्च माविको ‘समाहित शिक्षा कार्यक्रम तथा सुस्त मनस्थिति पुनर्स्थापना केन्द्र’की शिक्षिका सुधा सिलवालको बिशेष पहलमा एक दशकदेखि केन्द्र संचालनमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment