Comments Add Comment

किन मोटाए सरकारी कर्मचारी ? ९४ प्रतिशत मोटोपनाका सिकार

Gentel Man

विश्वको सबैभन्दा मोटो देश कुन हो ? यहाँ भुगोलका हिसाबले मोटो भन्न खोजिएको होइन, सबैभन्दा धेरै मोटा मानिसहरु बस्ने देश भन्न खोजिएको हो । सायद तपाइँलाई थाहा छैन होला । विश्वमा सबैभन्दा धेरै जनता मोटा भएको देश टोँगा हो । प्रशान्त महासागरीय टापु देश टोँगामा ८८.३ प्रतिशत महिला तथा ८३.५ प्रतिशत पुरुष मोटोपनाको सिकार छन् । अर्थात् सय जनामा झण्डै ८५ जना जनताको जिउ आवश्यकता भन्दा बढि मोटो छ ।

समग्र जनताको मोटोपनाको प्रतिशत प्रतिशतको हाराहारीमा भएपनि सरकारी कर्मचारीहरु भने त्यो भन्दा निकै धेरै मोटा छन् । टोँगामा ९४ प्रतिशत कर्मचारीहरु मोटा छन् ।

टोँगाको एक अस्पतालले हालै गएको सर्भेक्षणले ८४ प्रतिशत टोँगाली कर्मचारीहरु मोटोपनाबाट ग्रसित रहेको देखाएको छ ।

भियोला अस्पतालले यस्तो सर्भेक्षण गरेको थियो । तयारी गाइको मासुको प्रयोग बढ्दै जानु, सन्तुलित भोजन तथा व्यायाममा ध्यान नदिनु जस्ता कारणहरुले गर्दा टोँगाली जनता तथा कर्मचारीहरुमा मोटोपना महारोग जस्तै बनिरहेको छ ।

हुनत जनता मोटाउँदै जाँदा सरकार सुतेर बसेको चाहीँ छैन । मोटोपना घटउनका लागि सरकारी तवरमै विभिन्न जनचेतनामूलक विज्ञापन अभियान, सामूहिक योगा कार्यक्रम, शारीरिक सुगठन लगायतका खेलकुद प्रतियोगिताको आयोजना समेत गर्ने गरिएको छ ।बिबिसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment