Comments Add Comment

भावुक हुँदै प्रचण्डले भने-कांग्रेस नराम्रोसँग चुक्यो, मलाई दुःख छ (भिडियोसहित)

Prachanda

२४ असोज, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले सहमतीय सरकार गठनका क्रममा कांग्रेस नराम्रोसँग चुकेको बताएका छन् ।

प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीको उम्मेदवारीको प्रस्तावक रहेका प्रचण्डले १६ बुँदे सहमति गर्ने क्रममा संविधान बनेपछि एमालेको नेतृत्वमा सरकार बनाउने सहमति भएको दोहोर्‍याए ।

तर, अहिले सुशील कोइराला फेरि प्रधानमन्त्रीको उम्मेदवार बन्दा आफूलाई दुःख लागेको उनले बताए । निकै भावुक हुँदै उनले भने-‘हामी चुक्यौं । कांग्रेस नराम्रोसँग चुक्यो । मलाई दुःख छ ।’

प्रचण्डले अघि भने-‘कसैले हामीलाई विभाजित गर्न खोज्दैछ । तिनै शक्तिले हिजो पनि व्यवधान गर्न खोजेको थियो । अहिले पनि त्यही शक्तिले बर्बाद गर्न खोजिरहेको छ ।’

नेपालको इतिहासमा विगतदेखि नै भारतपरस्त र राष्ट्रवादी धारवीच अन्तरसंघर्ष हुँदै आएको प्रशंग कोट्याउँदै प्रचण्डले जंगबहादुर र भीमसेन थापा प्रवृत्तिको स्मरण गरे । प्रचण्डले संसदको रोष्टममा उभिएर नेपाली कांग्रेसलाई प्रश्न गरे- ‘तपाईहरु मात्रिका कोइराला पथमा कि वीपी कोइराला ?’

प्रचण्डले संसदमा यसो भनिरहँदा प्रधानमन्त्रीका उमेद्वारसमेत रहेका सुशील कोइराला निराश मुद्रामा देखिन्थे ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment