Comments Add Comment

नवनिर्वाचित प्रधानमन्त्रीलाई एनआरएनए अध्यक्ष घलेको बधाइ, सहकार्य गर्न तयार

२४ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष शेष घलेले प्रधानमन्त्रीमा निर्वाचित भएकामा केपी शर्मा ओलीलाई बधाइ दिएका छन् ।

Shes Ghaleघलेले विज्ञप्ति जारी गरेर संसदमा आइतबार भएको निर्वाचनमार्फत् प्रधानमन्त्रीमा निर्वाचित भएकोमा ओलीलाई बधाई दिनुका साथै सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।

‘संविधान निर्माणसँगै मुलुकमा शान्ति तथा स्थायित्व कायम भई सम्बृद्धिको यात्रा तय गर्ने अपेक्षा गरेका बिदेशमा बस्ने हामी लाखौं गैरआवासीय नेपालीहरुले नयाँ सरकार गठनलाई उत्साहका साथ नियालिरहेका छौं’ विज्ञप्तिमा भनिएको छ ।

एनआरएनएका अध्यक्ष घलेले नयाँ सरकारले केही सयमयता मुलुकमा देखिएको असहज परिस्थीतिको अन्त्य गर्दै नयाँ संविधानलाई संस्थागत गर्ने बिश्वास व्यक्त गरेका छन् ।

‘नेपालको सम्बृद्धिमा साझेदार बन्ने उत्कट चाहनासहित गैरआवासीय नेपालीहरु यतिबेला राष्ट्र पुनःनिर्माणमा समाहित हुन आतुर छन्’ उनले भनेका छन्-‘प्रधानमन्त्रीको नेतृत्वमा बन्ने नयाँ सरकारसँग गैरआवासीय नेपाली संघ सहकार्य र समन्वय गरेर सम्बृद्धिमा साझेदारी गर्न तयार रहेको अवगत गराउन चाहान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment