Comments Add Comment

एनआरएन मध्यपूर्व उपसंयोजकमा यूएईबाट डीएल शर्माको उम्मेदवारी घोषणा

रामप्रसाद ढुंगेल

यूएई । गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि यूएईबाट डीएल शर्माले मध्यपूर्व उपसंयोजक पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । २०३३ सालदेखि २०५४ नेपालमै पनि विभिन्न सामाजिक काममा सक्रिय शर्मा विगत १९ वर्षदेखि यूएईमा रही सामाजिक सेवामा क्रियाशील छन् ।

DL sharmaयूएईका पहिलो सामाजिक संघ संस्था नेपाली समाजको विभिन्न पदमा काम गरिसकेका शर्मा लुम्बिनी वेल्फेयर सोसाइटीको संस्थापक अध्यक्ष भएर यूएईको नेपाली समुदायमा सुनाम कमाएका छन् ।

शर्मा २००६ देखि गैरआवासीय नेपाली संघमा विभिन्न पदमा रहेर काम गर्दै आएका छन् । यूएईका विभिन्न सामाजिक संघसंस्थादेखि लिएर यहाँको सरकारी स्तरसम्म सामाजिक सेवामूलक कार्यमा विशेष योगदान गरिरहेका छन् । सामाजिक अभियानलाई मध्यपूर्वका सबै देशहरुमा पुर्याउन सकेमा बहुसंख्यक तल्लो स्तरमा काम गर्ने नेपाली कामदारको हित हुने शर्माको विश्वास छ ।

आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिनका निम्ति र गैरआवासीय नेपाली संघलाई थप उचाइमा पुर्याउन शर्माले १४ बुँदे प्रतिबद्धतासहित एनआरएनको मध्यपूर्व उपसंयोजकको पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment