Comments Add Comment

जीवनले काम नगर्दा बहुतै बोर लाग्यो

Bikash_Gopya kura
अहिलेका ब्यस्त एवं सफल निर्देशक हुन् विकास आचार्य । ‘नसिब आफ्नो’वाट निर्देशन यात्रा सुरु गरेका आचार्य अहिले ‘नाई नभन्नु ल-४’ को सुटिङमा ब्यस्त छन् ।

एक समयका ब्यस्त पटकथा/संवाद लेखक आचार्य अब निर्देशनमै केन्दि्रत हुने धारणा राख्छन् । नारायण पुरी निर्देशित चलचित्र ‘मामाघर’वाट स्त्रिmप्ट लेखन सुरु गरेका आचार्यले तीन दर्जन बढी चलचित्रका स्त्रिmप्ट लेखेका छन् । आगामी दिनमा निर्देशनमै सक्रिय हुने योजनामा छन् । प्रस्तुत छ उनको पाँच गोप्य रहस्य उनको आफ्नै शब्दमा ।

१ चलचित्र ‘अरुणिमा’ मा मैले सरोज खनालको साथीको भुमिकामा अभिनय गरेको छु । तर, त्यसपछि अरु चलचित्रमा अभिनय गरिनँ । एउटै चलचित्रवाट म अघाएँ ।

२ फिचर फिल्ममा अभिनय नगरेपछि नाटकप्रति मेरो मोह बाँकी नै थियो । नाट्यसंस्था आरोहणमा आबद्ध भएपछि दोषी को, दुधको पोखरी लगायतका नाटकमा अभिनय गरेको छु ।

३ पूर्विय दर्शनसँग सम्बन्धित मेरो उपन्यास पनि प्रकाशित भएको छ ‘अप्प दिपो भव ।’ यो उपन्यासबाट दर्शकको राम्रो साथ मैले पाएको छु ।

४ मैले साढे दुई वर्ष त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा पढाएँ । त्यही क्रममा एमफिलका लागि नर्वे जाने अवसर मिल्यो । एमफिल गरेर आएपछि किर्तिपुर जान छाडेर नारायण पुरीको संगत गरे ।

५ मेरो पहिलो निर्देशन रहेको चलचित्र ‘नसिब आफ्नो’मा जीबन लुईटेलले अभिनय गर्छु भन्दा निकै खुसी लागेको थियो । तिनै जीवन लुईटेलले ‘नाई नभन्नु-३’ मा सुटिङको अघिल्लो दिन काम गर्दिन भन्दा निकै बोर भयो । तर, आर्यनले निकै राम्रो सहयोग गर्नुभो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment