Comments Add Comment

आशिका र सुरविनासँग आर्यनको रोमान्स, बिहे भने कोसँग ?(फोटो फिचरसहित)

aaryan-and-aashika
हुनत, चलचित्र ‘सुश्री’ यूनिटले अहिलेसम्म चलचित्रको बारेमा कुनै पत्रकार सम्मेलन गरेको छैन । चलचित्रका मुख्य कलाकार पनि प्रचारमा खासै हिडेको देखिदैन । नायक आर्यन सिग्देल अहिले चलचित्र ‘क्लासिक’को छायांकनमा व्यस्त छन् ।

कात्तिक ३ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने भएकाले पनि यो कमेडी चलचित्रका निर्माताले आफ्नै तबरले प्रचार गरिरहेका छन् । विभिन्न लफडा र तनावबाट मुक्त भएपछि अहिले यो चलचित्रको प्रचारलाई अगाडि बढाइएको हो । आशिका फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् । आत्मराम थापाले लगानी गरेको चलचित्रमा आर्यन सिग्देल, आशिका तामाङ, सुरविना कार्की, राजाराम पौडेल मुख्य भूमिकामा छन् ।

चलचित्रको ट्रेलरमा पनि आशिकाले आर्यनलाई बिहे मण्डपबाटै भगाएको देखिन्छ । आर्यनले चलचित्रमा आशिका र सुरविनासँग रोमान्स गरेका छन् । तर, उनको बिहे कोसँग हुन्छ भन्ने जान्नका लागि दर्शक हलमै पुग्नुपर्ने निर्देशक अधिकारी बताउँछन् । नायिकालाई बोल्ड र नायकलाई सामान्य भूमिकामा कमै मात्र चलचित्रमा देखाइन्छ । aaryan-and-aashika-romance aaryan-and-surbina aashika-tamang surbina-bihe

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment