Comments Add Comment

अदुवा र बेसार नै आठ लाख केजी आयात

aduwa1२६ असोज, काठमाडौं । नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस) मा परेको अदुवाको आयात नाइजेरिया लगायत ६ देशबाट गरिएको छ । सरकारले १३ औं योजनामा वाषिर्क एक अर्ब रुपैयाँभन्दा धेरैको अदुवा निर्यात गर्ने नीति लिएकै बेला उल्टै करोडौंको आयात भइरहेको छ ।

नेपालले अफिकी गरिब देश नाइजेरियालगायत भारत, चीन, अमेरिका, बेल्जियम, अस्ट्रेलिया, थाइल्यान्डलगायत देशबाट अदुवा आयात गरेको नागरिकमा खबर छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको गत आर्थिक वर्षको तथ्यांक अनुसार ती देशबाट चार लाख ४१ हजार सात सय ९२ केजी अदुवार आयात गर्दा ९ करोड १३ लाख १० हजार रुपैयाँभन्दा बढी विदेसिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment