Comments Add Comment

आज निजी सवारीले इन्धन पाउने, कहाँ बाडिँन्छ इन्धन (तालिकासहित)

petrol line (15)

२६ असोज, काठमाडौं । आयल निगमले मंगलबार उपत्यकाका सबै पेट्रोल पम्पबाट सबै निजी सवारीलार्य पेट्रोल-डिजेल वितरण गर्दैछ ।

उपत्यकामा रहेका करिब एक सय २५ पम्पबाट दिउँसो १२ बजेदेखि निजी सवारीसाधनमध्ये मोटरसाइकललाई पाँच लिटर र चारपाङ्ग्रे कार, जिप-भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउन लागिएको हो ।

दसैंमा सवारीसाधन चलाउन सजिलो हुने गरी अर्को निर्णय नहुन्जेलसम्म निजी सवारी साधनलाई मङ्गलबार मात्रै इन्धन उपलब्ध गराइने व्यवस्था मिलाइएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति हेर्ने उपसचिव शिवप्रसाद त्रिपाठीले जानकारी दिए ।

निगमले एक दिन मात्र इन्धन दिने बताएपछि सोमबार दिउँसो देखि नै पेट्रोल पम्प अगाडि सवारी साधन लाइनमा राखेर सर्वसाधारण बसेका छन् । उपत्यकामा भएका सबै पेट्रोलपम्प अगाडि सोमबारदेखि नै लामो लाइन लागेको छ ।

इन्धनको अभावका कारण देशभर कममात्रामा सार्वजनिक सवारी साधन चलेका छन् । उद्योग, कलकारखाना र विद्यालय पनि सञ्चालन हुन सकेका छैनन् ।

उपत्यकाका पम्पबाट बाँडिने तेलको विवरण

Nepal-oil

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment