Comments Add Comment

प्रदिपसँग प्रेमगीत गाईन् पूजाले

pujaसुदर्शन थापाको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रेमगीत’ को टिजर सार्वजनिक भएको छ । गीतमा नायिका पूजा शर्माले नायक प्रदिप खड्कासँगै प्रेमगीत गाउने प्रयास गरेकी छिन् ।

युवा पुस्ताको कथामा बनेको ‘चंखे शंखे पंखे’को सफलताले उत्साहित आसुसेन फिल्मसको दोश्रो प्रस्तुती स्वरुप निर्माण भएको ‘प्रेमगीत’ आउँदो भ्यालेनन्टाईनमा प्रदर्शन हुने भएको छ ।

सन्तोष सेनले निर्माण गरेको यस फिल्ममा अर्जुन पोखरेलको संगीत  छ भने सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन् ।

प्रेमकथामै आधारित फिल्म ‘मेरो एउटा साथी छ’बाट उत्कृष्ट निर्देशकको अवार्डसमेत जितिसकेका निर्देशक सुदर्शन थापा प्रेमगीत आफुले बनाएको मध्ये उत्कृष्ठ फिल्म भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment