Comments Add Comment

जन्मिँदै दुबै खुट्टा नभएकी युवती जिम्न्यास्टिकमा च्याम्पियन

Jennifer_Bricker
मनमा आँट हुने हो, मेहेनत गर्ने हो र अवसर पाउनेहो भने मानिसलाई सफलता प्राप्तिको लागि शारीरिक अपांगताले रोक्न सक्दैन भन्ने उदाहरण हुन् २७ वर्षकी जेनिफर ब्रिकर ।

हाल अमेरिकाको लस एन्जल्समा बस्दै तथा काम गर्दै आएकी रोमानियाली मूलकी जेनिफरका जन्मिँदै दुबै खुट्टा थिएनन् । तर उनले आफ्नो क्षमतालाई प्रदर्शन गरी जिम्यानिस्टक च्याम्पियन बनिन् । उनी अहिले हलिउडमा व्यवसायिक एरियालिस्ट तथा एक्रोब्याट छिन् ।

आफुलाई अरु सामान्य मान्छे भन्दा फरक छु जस्तो नलाग्ने उनी बताउँछिन् ।

Jennifer_Bricker1

जन्मेको तिन महिनामा जेनिफरलाई जन्म दिने बाउआमाले उनलाई धर्मछोरीको रुपमा एक दम्पतीलाई दिएका थिए । आफु गर्भदेखि नै जिम्न्यास्टिक खेलाडि भएर निस्किएझैँ लाग्छ उनलाई । ११ वर्षकी हुँदादेखि नै उनले आफ्नो खेल क्षमता देखाइन् र इलिनोइसमा भएको प्रतियोगिता जितिन् ।

उनको कथा निकै सुखान्त छ । अपांग छोरी पाल्न नसकिने भन्दै आफ्ना बाउआमाले त्यागेपछि श्यारोन र गेराल्ड ब्रेकरले उनलाई आफ्नै छोरी बनाएर हुर्काए । उनमा सानैदेखि आफु अपांग छुु भन्ने हीन भावना थिएन । उनले आफ्नो जिम्न्यास्टिक खेलप्रतिको क्षमता प्रदर्शनमा तत्कालिन विश्व च्याम्पियन अमेरिकी खेलाडि डोमिनिक मोसेनुलाई आदर्श ठानिन् ।

Jennifer_Bricker4

अचम्म त के भने उनले आदर्श ठानेकी ती च्याम्पियन खेलाडि अन्तत : उनकी आफ्नै साखुल्ले दिदी भएको कुरा प्रमाणित भयो ।

डोमिनिकका बारेमा धेरै सोधिखोजी गरेर उनले उनी आफ्नी दिदी भएको प्रमाणित गराएरै छाडिन् र डोमिनिक पनि बहिनी पाउँदा निकै खुसी भइन् । जेनिफरको संघर्षपूर्ण तथा रोचक जिवनकथा टिएलसी टेलिभिजन च्यानलमा हालै प्रशारण भएको छ । उनी भन्छिन् : जब तपाइँ बढ्दै जानुहुन्छ, उत्प्रेरित बन्नुहुन्छ । पहिले आफुले आफैलाई उत्प्रेरित गर्नुस् अनि मात्र अरुले उत्प्रेरणा दिन्छन् ।

थप तस्वीर हेर्नुहोस्

Jennifer_Bricker3

Jennifer_Bricker5

Jennifer_Bricker6

Jennifer_Bricker7

Jennifer_Bricker8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment