Comments Add Comment

आर्यन र केकी उत्कृष्ट नायक-नायिका, श्रीकृष्णलाई ‘अमर तारा’ सम्मान(फोटो फिचरसहित)

keki-adhikari
काठमाण्डौमा शनिबार करिब ४ घन्टा लामो समय लगाउँदै १४ वटा विधामा ‘इनास अवार्ड’ वितरण गरिएको छ । ४ बजेबाट सुरु भएको अवार्ड समारोह ८ बजे सकिएको थियो । aaryan-inash-award
अन्तरराष्ट्रिय नेपाली कलाकार समाज(इनास)ले आयोजना गरेको ‘तेश्रो इनास अवार्ड-२०१४मा नायक आर्यन सिग्देललाई चलचित्र ‘नोभेम्बर रेन’बाट उत्कृष्ट नायकको अवार्ड दिइएको थियो । यस्तै, नायिका केकी अधिकारीले ‘बितेका पल’ चलचित्रबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारिन् । sweta-award-lidai
उत्कृष्ट चलचित्र ‘टलक जंग भर्सेस टुल्के’ हुन सफल भयो भने उत्कृष्ट निर्देशकको अवार्ड यही चलचित्रबाट निश्चल बस्नेतले हात पारे । कार्यक्रममा निर्देशक तुलसी घिमिरेलाई नगद १ लाख सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । तुलसी घिमिरलाई चलचित्र क्षेत्रका चलचित्रकर्मी, एनआरएनका पदाधिकारी र आयोजकले लामबद्ध भएर खदा ओडाएको दृश्य साच्चै नै लोभलाग्दो थियो । निर्देशक तुलसी घिमिरेले सम्मान पाएपछि आफूलाई जिम्मेवारी थपिएको बताए । tulasi-ghimire

कार्यक्रममा नायक श्रीकृष्ण श्रेष्ठलाई ‘अमरतारा सम्मान’ प्रदान गरियो । नायिका तथा श्रीकृष्णकी धर्मपत्नी स्वेता खड्काले सम्मान ग्रहण गरेकी थिइन् । उनले सबैको मायाले आफू अगाडि बढ्ने बताइन् ।

अनेकसका नेपाल सदस्य तथा प्रवक्ता राजेश घतानीको निर्माणमा बनेको चलचित्र ‘बितेका पल’ले महत्वपूर्ण विधामा अवार्ड पाएको थियो । पुरुषोत्तम प्रधानले चलचित्र ‘कबड्डी’बाट उत्कृष्ट छायांकारको अवार्ड प्राप्त गर्दै गर्दा विपिन मल्लले चलचित्र ‘वितेका पल’बाट उत्कृष्ट सम्पादकको अवार्ड पाएका छन् ।

रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले चलचित्र ‘कबड्डी’बाट उत्कृष्ट आलेखकको अवार्ड पाए । अर्जुन पोख्रेलले उत्कृष्ट संगीतकारको अवार्ड ‘स्टूपिड मन’बाट पाउँदै गर्दा डाक्टर कृष्णहरी बरालले चलचित्र ‘नाई नभन्नु ल २’बाट उत्कृष्ट गीतकारको अवार्ड चुमे ।
dr-krishna-hari-baral
स्वरुपराज आचार्यले चलचित्र ‘स्टूपिड मन’बाट उत्कृष्ट पाश्र्व गायकको अवार्ड जिते भने अञ्जु पन्तले यही चलचित्रबाट उत्कृष्ट पाश्र्व गायिकको अवार्ड पाएकी छिन् ।

चलचित्र ‘कोहिनुर’बाट बसन्त श्रेष्ठले उत्कृष्ट नृत्यको अवार्ड पाउँदै गर्दा ‘लज्जा’ चलचित्रबाट चन्द्र पन्तले ‘उत्कृष्ट द्वन्द्व’को अवार्ड  जिते । संगम बिष्टले चलचित्र ‘लभ यू बाबा’बाट उत्कृष्ट बाल कलाकारको अवार्ड जितिन् ।

मनोनयनमा परेर पनि अवार्ड नलिने घोषणा गरेको नायक तथा गायक बाबु बोगटी र नृत्य निर्देशक शंकर वीसीलाई सम्मान गरिएको थियो । यस्तै, भारतमा बस्दै आएका कलाकार मुरलीधरलाई ‘विशेष सम्मान’ प्रदान गरियो ।

कार्यक्रममा पपुलर अवार्डको विधा पनि प्रदान गरियो । नायिकातर्फ ऋचा शर्मा, नायकतर्फ दयाहाङ राई र चलचित्रतर्फ ‘६ एकान ६’ले पपलुर अवार्ड प्राप्त गरे । कार्यक्रममा विदेशमा रहेर पनि नेपाली चलचित्रको विकासमा लागि परेको भन्दै निर्माता रमेश त्वयनालाई पनि सम्मान गरिएको थियो ।
pabitra-acharya

keki-and-rohit
नेपाली चलचित्रका चर्चित कलाकारहरुको प्रस्तुतीले अवार्ड रोचक बनेको थियो । नायिका केकी अधिकारी, नीता ढुंगाना, पवित्रा अाचार्यको साथमा नृत्य निर्देशक शंकर वीसी लगायतले नृत्य प्रस्तुत गरेका थिए । यस्तै, हाँस्य कलाकार विल्सन विक्रम राई र शैलेन्द्र सिम्खडाको कमेडीले पनि दर्शकलाई भरपुर मनोरञ्जन दियो । गायक प्रशान्त तामाङ, कपिल थापा र इन्दिरा जोशीले गीतमार्फत दर्शकलाई लोभ्याए । कोमल वलीले ‘बनमा फूल्यो फूल’ गीत गाएर धेरैलाई नचाइन् ।
shesh-ghale-uthgatan
एनआरएनका अध्यक्ष शेष घले प्रमुख अतिथी रहेको कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चलचित्रकर्मी, एनआरएनका पदाधिकारीहरुको उपस्थिती थियो । यसअघि यो अवार्ड जर्मनी र नेदरल्याण्डमा आयोजना गरिएको थियो ।  अनेकसका ग्लोबल अध्यक्ष पुष्प बरुवालको समापतित्वमा कार्यक्रम आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment