Comments Add Comment

हवाइ इन्धन आपूर्तिका लागि वायुसेवा निगमलाई अनुमति

nepal_airlines

२६ असोज, काठमाडौँ । नेपाल आयल निगमले हवाइ इन्धन आपूर्ति गर्ने जिम्मा नेपाल वायुसेवा निगमलाई अनुमति प्रदान गरेको छ । आयल निगम व्यवस्थापन समितिको आज बसेको बैठकले सो निर्णय गरेको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

निगमका अनुसार हवाइ इन्धन आपूर्तिका लागि नेपाल वायुसेवा निगमले मनसायपत्र दर्ता गराएसँगै आज आयल निगमले सो निर्णय गरेको हो ।

विभिन्न बहाना बनाई भारतले पेट्रोलियम पदार्थको आयातमा रोक लगाएपछि निगमले गएको विहीबार अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ आयातका लागि मनसायपत्र आह्वान गरेको थियो ।

निगमका अनुसार पेट्रोलियम पदार्थ आपूर्तिका लागि २३ वटा विभिन्न फर्म तथा कम्पनीले निवेदन दिएका थिए । हवाइ इन्धन आपूर्तिका लागि नेपाल वायु सेवा निगमलाई जिम्मा दिइएपनि अन्य पेट्रोलियम पदार्थ आपूर्ति गर्न भने कस्लाई दिने भन्ने निर्णय हुन बाँकी रहेको उहाँले जानकारी दिए ।

आयल निगमले आह्वान गरेको आशयपत्रमा कुनै पनि मुलुकबाट तथा जुनसुकै मार्गबाट पनि पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिनेछ । निगमले आपूर्ति व्यवस्थालाई सहज बनाउने हेतुले इच्छुक आपूर्तिकर्ताले तीन दिनभित्र अहिलेलाई १५ दिनका लागि प्रतिदिन डिजल २ सय किलोलिटर, पेट्रोल १ सय किलोलिटर, हवाई इन्धन र मट्टितेल २/२ सय किलोलिटर र खाना पकाउने ग्यास १०० मेट्रिक टन आपूर्ति गर्नुपर्नेछ । सो परिमाणको पेट्रोलियम पदार्थ ल्याउन सक्ने जुनसुकै फर्म तथा संस्थाले निवेदन दिन सक्ने जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment