Comments Add Comment

अमेरिकी डाक्टर आदित्यको रोग पहिचान गर्न असफल

aditya (2)

२६ असोज, काठमाडौं । अमेरिकामा उपचाररत बालक आदित्य दाहालको रोग पहिचान गर्न डाक्टरहरु असफल भएका छन् । यद्यपी उनको स्वास्थ्य अवस्थामा सुधारका लक्षणहरु देखिएका छन् ।

अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा गत ११ श्रावणदेखि आदित्यको स्वास्थ्य अनुसन्धान जारी छ । वरिष्ठ न्यूरोलोजिस्ट किथ भान हारेको टोलीले टोलीले थुप्रै परिक्षणहरु गरिसक्दा पनि उनको शारिरीक दुर्वलताको कारण पत्ता लगाउन सकेको छैन । उनको शारिरीक तथा पोषण थेरापी जारी राखिएको छ ।

डाक्टरहरुले उनलाई न्यूरोलोजिकल डिजेनेरेसन विथ ब्रेन आइरन एकुमुलेसन डिसअर्डर (एनबिआइए) भएको आशंका गरिएको भएता पनि एनबिआइएका १३ प्रकारमा उनका लक्षणहरु खासै मिलेनन् । अस्पतालले थप परिक्षण तथा अनुसन्धान सुरु गरेको र ती परिक्षणको रिपोर्ट आउन ३ महिना लाग्न सक्ने अस्पताल स्रोतलाई उद्वत गर्दै आदित्य संरक्षण प्रतिष्ठानले जनाएको छ ।

स्रोतका अनुसार आदित्यको चामत्कारिक क्षमताको विषयमा जानकारी पाएपछि अमेरिकी चिकित्सकहरु चकित बनेका छन् । उनीहरुले यसको व्याख्या आफूहरुले गर्न नसक्ने बताएको आदित्यका पिता शेषराज दाहालको भनाई छ । यद्यपि आदित्यकै आग्रहमा उनको मस्तिष्कको अनुसन्धान भने गरिएको छैन । आदित्यले आफूलाई लागेका कुराहरु लेखेर चिकित्सकहरुलाई चिट दिने गरेका छन् । उनले आफ्नो तर्फबाट अनुसन्धानहरु चाँडो सिध्याउन आग्रह गर्दै त्यसपश्चात ‘आफूले गाइड गर्ने’ बताउदै आएका छन् ।

आदित्यको स्वास्थ्यमा सुधारका लक्षणहरु देखिएको शेषराजले बताए । दाहालका अनुसार हाल उनी सहाराबिना केहि बेरसम्म बस्न सक्छन् भने अरुको सहारामा तीन-चार पाइला हिँड्न सक्छन् । माथि हात लगेर कान कोट्याउन वा कपाल कन्याउन सक्ने भएको उनले जानकारी दिए ।

दुई ठूला भविष्यवाणि सफल

आदित्यले विगतमा गरेका ठूला दुई भविष्यवाणि सत्य सावित भएका छन् । एक वर्षअघि उनले सुशील कोइरालापछि केपी ओली प्रधानमन्त्री हुने भविष्यवाणी गरेका थिए । यसैगरी २०७२ सालभित्र नेपालमा नयाँ संविधान आउँछ भनेर गरेको भविष्यवाणी पनि सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment