Comments Add Comment

अटिजम बालबालिकालार्इ सेवा गर्ने सबितालार्इ कोरियामा सम्मान

sabita-korea samman-1सउल । अटिजम बालबालिकाहरुको हितमा काम गरेकी सबिता उप्रेती कोरियामा सम्मानित भएकी छिन् । विशेष स्कुल तथा पुनःस्थापना  केन्द्र सञ्चालन गरी अटिजम बालबालिकाहरुलाई पुनर्जिवन दिएका कारण  सबिता कोरियामा  सम्मानित भएकी हुन् । अटिजम बालबालिका सहयोग अभियान कोरियाले आयोजना गरेको कार्यक्रममा कोरियाका नेपाली सङ्घ सस्थाहरुले संयुक्तरुपमा सबितालाई सम्मान गरेका हुन ।

‘अटिजम बालबालिका सहयोग अभियान- दक्षिण कोरियाले उप्रेतीलाई कोरियामा आमन्त्रण गरी  एक समारोहकाबीच सम्मान गरेको हो ।  नेपाली समाजको  प्रतिकुल अवस्थालाई चिर्दै  अटिजम जस्तो बुझ्न र बुझाउन अत्यन्त  जटिल र महत्व पूर्ण  समस्याप्रति सबिता उप्रेतीले विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एसएसडीअरसी) स्थापना गरी नेपाली समाजलाई पुर्याएको योगदानको  उच्च मुल्यांकन गरी सम्मान गरिएको अभियानका संयोजक विक्रम सिंह ठकुरीले बताए ।

सम्मान ग्रहण गर्दै सबिताले कोरियाबासी नेपालीहरूको गुन नर्बिसिने बताइन् । सहयोग रकमलाई सही ठाउमा ईमान्दार पूर्वक स्रोत र साधनले भ्याएसम्म धेरै सङ्ख्यामा अटिजम बालबालिकाहरुलार्ई सेवा प्रदान गर्ने लक्ष्य रहेको सबिताले प्रतिबद्धता जनाइन् ।

संस्थाको नियमित आर्थिक सहयोगी र स्रोत नभएको कारण उल्लेखनीय सेवा पु-याउन नसकिरहेको सबिताको भनाई रहेको थियो  । सोही समारोहमा सहयोग रकमसहित नेपाली बिद्यार्थी समाज दक्षिण कोरियाले पनि सम्मान गरेको थियो  ।

sabita-korea samman-2यसैगरी कोरिया पुगेकी सबितालाई अक्षयकोष स्थापानामा आर्थिक  सहयोग गर्दै एनआरएन कोरियाका  नवनिर्वाचित पदाधिकारीहरूले सम्मान तथा सहयोग हस्तान्तरणको  छुट्टै कार्यक्रमको आयोजना गरिएको थियो  । सबिता उप्रेतीको   सम्मानमा आयोजित उक्त  कार्यक्रममा  एनआरएन कोरिया, नेपाली सम्पर्क समिति, वुमन फर वुमन लगायत विभिन्न सङ्घ संस्था र सर्वसाधारण  नेपालीहरूले सम्मान व्यक्त गरेका थिए ।

दुवै सम्मान कार्यक्रममा नेपाली  राजदूतावासको श्रम सहचारी अनिल गुरुग, नवनिर्वाचित एनआरएनमोरिया आइसिसी केपी सिटौला र  विनोद कुवर, एनआरएनए कोरिया अध्यक्ष राजु क्षेत्री, सोन्सिकको अध्यक्ष इन्दिरा तिवारी, वुमन फर वुमनकी अध्यक्ष मल्लिका थकाली, एनसीसीकी अन्जु केसी, मिडियाकर्मीहरु लगायत विभिन्न सङ्घ संस्थाको प्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रममा  कोरियाबासि नेपालीहरुबाट  संकलित २३ लाख ६२ हजार ९ सय ३३ रुपैयाँ  विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रको अक्ष्यकोषका लागि संचालिका सबिता उप्रेतीलाई हस्तान्तरण गरएको थियो  ।

सबिता उप्रेतीले आफ्नो व्यक्तिगत जीवनलाई टाढा राखेर विगत पाँच वर्षदेखि काठमान्डौको पुरानो सिनामंगल (पेप्सिकोला)स्थित  विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रको  स्थापना गरी ४० जना  अटिजम बालबालिकाहरुको सेवामा काम गर्दै  आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment