Comments Add Comment

मधेसी मोर्चाले दसैंमा आन्दोलन ‘खुकुलो’ बनाउने

Madeshi-Morcha-Meeting

  • फाइल तस्वीर

२६ असोज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दसैंलाई मध्यनजर गर्दै तराई मधेसमा जारी आन्दोलन खुकुलो बनाउने भएको छ ।

मधेसी मोर्चाको बैठक अहिले चलिरहेको छ र दिउँसो १ बजे पत्रकार सम्मेलन राखिएको छ । नेताहरुका अनुसार दसैंंलाई मध्यनजर गर्दै आन्दोलनका स्वरुप परिर्तवन गर्नेबारे छलफल भइरहेको छ ।

दसैंको समयमा बजार, यातायात, वित्तीय संस्थाहरु खुला गर्न मोर्चामा आवद्ध दलहरु सकारात्मक देखिएका छन् । राजश्व कार्यालयमा अवरोध गर्ने तर, सीमा नाकाहरुमा भने अवरोध हटाउन सक्ने एक नेताले बताए ।

जारी बैठकमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी भने अनुपस्थित छ ।

नयाँ संविधानलाई लिएर आन्दोलन मधेसी मोर्चाले सीमा नाकाहरुमा धर्ना लिँदै आएको छ भने झण्डै दुई महिनादेखि बन्द गर्दै आएको छ ।

तर, आइतबार नयाँ सरकार गठनका लागि संसदमा भएको निर्वाचनमा सहभागी भएपछि मधेसमै मोर्चाको आलोचना हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment