Comments Add Comment

खाद्य संस्थानले मुस्ताङमा ६९१ च्याङ्ग्रा किन्यो, हेटौंडामा खसीबोका किन्दै

२६ असोज, काठमाडौं । खाद्य संस्थानले काठमाडौं ल्याउनका लागि ६ सय ९१ वटा च्याङ्ग्रा खरिद गरेको छ । मुस्ताङबाट झण्डै १ हजार च्याङ्ग्रा ल्याउने योजना बनाएको संस्थानले ६ सय ९१ वटा मात्रै खरिद गरेको हो ।

Changraढुवानीका लागि गाडीको उपलब्धता सहज नभएकाले धेरै च्याङ्ग्रा खरिद नगरिएको संस्थानले जानकारी दिएको छ । खाद्य संस्थानले मुस्ताङमा खरिद गरेको च्याङ्ग्रा काठमाडौं ल्याइदैछ ।

मुस्ताङबाट हिडाइएको च्याङ्ग्रा पर्वतमा आईपुगेको छ । बेनी ल्याएर च्याङ्ग्रालाई ट्रकमा राखेर काठमाडौं ल्याउने योजना रहेको खाद्य संस्थानका प्रवक्ता श्रीमणी राज खनालले जानकारी दिए ।

यस्तै हेटौंडामा खसीबोका खरिदको काम चलिरहेको छ । अहिले हेटौंडामा खसीबोका खरिदका लागि जोख्ने काम चलिरहेको खनालले बताए । झण्डै १५ सय खसी बोका काठमाडौं ल्याउने योजना भएपनि ढुवानीको लागि समस्या पर्ने देखिएको प्रवक्ता खनालले बताए ।

अघिल्ला वर्षहरुमा घटस्थापनादेखि नै खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने गरिएपनि यसपाली तराईको बन्द र तेलको अभावले ढुवानीमा समस्या परेकाले उल्लेख्य संख्यामा खसीबोका र च्याङ्ग्रा ल्याउन नसकिएको संस्थानको भनाइ छ ।

च्याङ्ग्रा र खसीबोका आएपछि मात्र मूल्य विवरण सार्वजनिक गरिने संस्थानले जनाएको छ । कहिलेदेखि संस्थानले बिक्री खुला गर्ने भन्ने निर्णय गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment