Comments Add Comment

जिविस काठमाडौंका सवइन्जिनियर २ लाख घुससहित पक्राऊ

Prabidhik-Karayalay-Kathman२६ असोज, काठमाडौं । जिल्ला विकास समिति अन्तर्गतको प्राविधिक कार्यालय काठमाडौंमा कार्यरत सव-ईन्जिनियर शरदकुमार श्रेष्ठ घुुससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट लिएको दुई लाख नगदसहित श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले पक्राउ गरेको हो ।

काठमाडौंको नाङ्लेभारे सडकखण्डमा ग्याविन तार लगाउन र अन्य मर्मत कार्य गर्नका लागि ठेक्का ठेकेदारबाट उनले सो रकम घुस लिएको अख्तियारले जनाएको छ ।

घुस लेनदेन हुन लागेको गोप्य सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले सामाखुसी टाउन प्लानिङस्थित धौलागिरी खाजाघरबाट सवईन्जिनियर श्रेष्ठलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भैरहेको अख्तियारले मंगलबार विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment