Comments Add Comment

भगवानसँग अमिताभको प्रार्थना-‘म बाच्न पाउँ’

amitav-bachhan
आफ्नो ७३ औं जन्मदिन मनाउँदै गर्दा नायक अमिताभ बच्चन खुबै खुशी देखिए । देश र विदेशबाट आफूलाई शुभकामना दिन आएका फ्यानहरुसँग भेट्दा अमिताभ दंग थिए । अमिताभले जन्मदिनमा भने-‘पहिला मलाई जन्मदिनमा केक काट्न, उपहार लिन खुबै मनपथ्र्यो । तर, अहिले मेरो चाहना फेरिएको छ । अब परिवारसँग धेरै समय बिताउँ भन्ने मन लागेको छ ।’

अमिताभले भगवान्सँग आफूले एउटै प्रार्थना गरेको बताउँदै भने-‘अब म जिउँदो रहूँ ।’ अमिताभले मनको कुरा गर्दै गर्दा उनको घर ‘जनक र प्रतिक्षा’मा फ्यानहरुको भिड लागेको थियो । जर्मनीबाट आएका मार्टिलेनार जेनफिरले भनिन्-‘हामी अमिताभलाई भेट्न मात्र आएका थियौं । चर्को घाममा बस्दा खुबै गाह्रो भयो ।

तर, उनलाई भेटेपछि सबै समस्या विर्सियौ ।’न्यूयोर्कबाट आएकी एलिसले भनिन्-‘मैले उनको सबै चलचित्र हेरेकी छु । मलाई हिन्दी भाषा त आउँदैन, तर उनको अभिनयको फ्यान हुँ । मैले उनलाई ५ बर्ष अगाडि भेटेको थिएँ । अहिले फेरि भेट्न आएकी छु-‘आई लभ यू’ भन्न । अमिताभले दर्शकको माया पाएर आफू सौभाग्य भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment