Comments Add Comment

स्लोभाकिया युरो कपमा, स्पेन समूह विजेता

Slovakia

२६ असोज, काठमाडौं । स्लोभाकिया पहिलो पटक युरो कप फुटबलका लागि छनोट भएको छ । यसअघि नै युरो कपमा स्थान बनाएको स्पेन भने युक्रेनलाई हराउँदै समूह विजेता बनेको छ ।

सोमबार राति भएको खेलमा स्लोभाकियाले लक्जमबर्गमाथि ४-२ को जित हात पारेको छ ।

अर्को खेलमा स्पेनले युक्रेनलाई १-० ले हराएपछि स्लोभाकियाले पहिलो पटक युरो कपमा स्थान बनाएको छ । मारेक हामसिक, एडम नेमेक र रोबर्ट माकले गोल गरपेछि स्लोभाकियाले सुरुवाति ३० मिनेटमा तीन गोल गरेको थियो ।

तर, दोस्रो हाफमा लक्जमबर्गले दुई गोल फर्कायो । अन्तिम मिनेटमा हामसिकले दोस्रो गोल गरेपछि स्लोभाकिया युरोकपका लागि छनोट भएको छ ।

स्पेन २७ अंकसहित समूह बिजेता बनेको छ भने २२ अंक जोडेको स्लोभाकिया समूह उपविजेता भएको छ । युक्रेनले भने प्ले अफ खेल्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment